७ आश्विन २०८३, बुधबार | September 23, 2026

भारतमा १३ जना माओवादीको मृत्यु



नयाँदिल्ली । मध्य भारतमा भएको झडपमा कम्तीमा १३ जना माओवादी विद्रोहीको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ । छत्तीसगढ राज्यको बिजापुर जिल्लाको दुर्गम जङ्गलमा मङ्गलबार सुरक्षा बलसँग गोली हानाहान भएको थियो ।

स्थानीय प्रहरी प्रमुख पी सुन्दरराजले अधिकारीहरूले राइफल, मेसिन गन र गोलाबारुद ठूलो परिणममा जफत गरेको बताएका छन । मृतकहरुको पहिचान हुन बाँकी रहेको बताउँदै सुन्दरराजले मृतकमध्ये तीन जना महिला रहेको बताएका छन ।

प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार यस वर्ष भारतमा ५० जना भन्दा बढी माओवादी मारिएका छन् जसमध्ये सबैभन्दा बढी ४६ जना छत्तीसगढमा र अन्य चार महाराष्ट्र राज्यमा मारिएका छन् ।

मध्य, दक्षिणी र पूर्वी राज्यहरूमा फैलिएको विद्रोही बहुल “रेड करिडोर“ मा माओवादी विद्रोहीहरूसँग लड्न भारतले दशौँ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ ।

नक्सलवादी भनेर चिनिने र ग्रामीण गरिबहरूका लागि लडिरहेका विद्रोहीहरूले सन् १९६७ देखि छापामार आक्रमण गरिरहेका छन् ।

भारत सरकारले दुर्गम क्षेत्रहरूमा पूर्वाधार विकासमा लाखौं डलर खर्च गरेको छ । सन् २०१० मा ९६ जिल्लामा फैलिएको माओवादी प्रभाव सन् २०२३ मा ४५ जिल्लामा सीमित भएको छ ।

सरकारी तथ्याङ्क अनुसार गत दशकमा मारिएका विद्रोहीहरूको वार्षिक सङ्ख्या दुई तिहाइभन्दा बढीले घटेको छ । भारतमा आगामी अप्रिल १९ देखि लोकसभाका लागि छ हप्ता लामो आमनिर्वाचन हुँदैछ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ५ : २३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११