३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

बुटवल उपमहानगरका नगर प्रहरी प्रमुख ईरिक्सा चालकहरुबाट कुटिए



बुटवल । बुटवल उपमहानगरका नगर प्रहरी प्रमुख बुटवलका ईरिक्सा चालकहरुबाट कुटिएका छन् । उपमहानगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाउन भन्दै पुगेका ईरिक्सा व्यवसायीहरूको आक्रमणबाट नगर प्रहरी प्रमुख जागेश्वर पाण्डे घाईते भएको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले बताए । उनले आफु कार्यालयमा नभएको अवस्थामा ज्ञापन पत्र बुझाउन आएका भनिएकाहरुबाट हातपात भएको पाण्डेयले बताए । छातीमा चोट लागेको र बोल्न असहज भएको भनेपछि थप उपचारका लागि चिकित्सकहरुलाई आग्रह गरेर आएको उनले बताए ।

ज्ञापनपत्र बुझाउने भन्दै उपमहानगरपालिका कार्यालय प्रवेश गरेका इरिक्सा चालकहरुले एक्कासी नगर प्रहरी प्रमुख पाण्डेमाथि आक्रमण गरेको बताइएको छ ।

प्रकाशित मिति : २१ चैत्र २०८०, बुधबार  ७ : ३५ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका