२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बिस्केट जात्रा व्यवस्थित ढङ्गले सञ्चालन गर्न छलफल



भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बिस्केट जात्रालाई व्यवस्थित रूपमा सम्पन्न गर्न सम्बन्धित निकाय र सरोकारवालासँग छलफल गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठको संयोजकत्वमा प्रहरी, सरकारी कार्यालयका प्रमुख, गुठी संस्थान, जात्रा सञ्चालक, राजनीतिक दलका प्रतिनिधि, स्थानीय क्लब र सरोकारवाला सहभागी बैठकले निर्वाध जात्रा सम्पन्न गर्न विविध निर्णय गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले जात्रा अवधिभरि मदिरा बिक्री गर्ने पसल पूर्णरुपमा बन्द गराउने निर्णय भएको छ ।
जात्रा सञ्चालन हुने मुख्य सडक र चोकमा ‘सिसी क्यामरा’ जडान गरिएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठले बताए। जात्रा बिथोल्नेलाई कडा कारबाही हुने चेतावनी दिँदै उनले भने, “हामीले गत वर्षको जात्रामा ढुङ्गा हान्दै गरेको भिडियो चोकचोकमा सार्वजनिक गरेका छौं, जात्रा बिथोल्न खोज्ने भिडियोमा देखिन्छन्, यस वर्ष पनि भिडियो खिचेर  सार्वजनिक गर्छौं ।”
बिस्का जात्रा अवधिभर नगर क्षेत्रको शान्ति सुरक्षाको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय भक्तपुर र जिल्ला प्रहरी परिसर भक्तपुरलगायत सुरक्षा निकायले गर्ने, बिस्का जात्रासम्बन्धी सम्पूर्ण पूजाआजा र जात्रा समयमै सुरु र सम्पन्न गर्न आवश्यक तयारीको लागि गुठी संस्थान शाखा कार्यालय, भक्तपुरले गर्ने, जात्रासँग सम्बन्धित पूजाआजा र आवश्यक तयारीको लागि भैल नायोहरु, जात्रा व्यवस्थापन समिति र सम्बन्धित वडा कार्यालयले गर्ने भएको छ ।
बिस्का जात्रा सञ्चालन हुने नगरका सम्पूर्ण क्षेत्रका तार, केबल र फाइबर नेटका केबल सम्बन्धित सेवाप्रदायकले व्यवस्थापन गर्ने, जात्रा सञ्चालन हुने दिनमा नगरका सम्पूर्ण अस्पतालमा रहेका एम्बुलेन्स, दमकल तथा विपद् पूर्वतयारीका उपकरण तयारी अवस्थामा राख्ने तथा नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले आवश्यक व्यवस्थापन गर्ने प्रबन्ध मिलाइएको छ । चैत ३०, वैशाख १ र ५ गते भीड हुने स्थानमा नेपाल स्काउटबाट स्वयम्सेवक परिचालन गरिनेछ ।
रासस

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  १० : २९ बजे

जिम्मेवार प्रेसले लोकतान्त्रिक गणतन्त्रलाई अझ बलियो बनाउँछ : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जिम्मेवार प्रेसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई

नेपाल उद्योग वाणिज्य महासङ्घको ‘छ स्तम्भ, साठी पहल’ सार्वजनिक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) ले ‘छ स्तम्भ,

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको