२ चैत्र २०८२, सोमबार | March 16, 2026

प्रेस चौतारी नेपाल, रुपन्देही परमानन्द खरेल स्मृती पत्रकारीता पुरस्कारका लागि सम्झौता



बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही र स्वर्गीय परमानन्द खरेलका परिवार बीच पत्रकारीता पुरस्कार स्थापनाका लागि सम्झौता भएको छ । नेकपा एमाले रुपन्देहीका तत्कालिन प्रचार विभाग प्रमुख स्वर्गीय परमानन्द खरेलको स्मृतीमा प्रेस चौतारी रुपन्देहीले स्थापना गर्न लागेको जनपक्षिय पत्रकारीता पुरस्कारका लागि सम्झौता भएको हो ।

पुरस्कारका कोष स्थापनाका लागि स्वर्गीय परमानन्द खरेलको तर्फबाट स्वर्गीय खरेलकी धर्मपत्नी रेनुका खरेल, उनका छोरा किरण खरेल एवं नेपाल उद्योग परिसंघका अध्यक्ष एजाज आलम र प्रेस चौतारी रुपन्देहीका तर्फबाट प्रेस चौतारी नेपाल, रुपन्देही अध्यक्ष लक्ष्मण पौडेल उपाध्यक्ष भगवती पाण्डे, सल्लाहकार मोहन चापागाई र दिनेश पाण्डेले हस्ताक्षर गरेका छन् ।

पुरस्कार कोषमा परमानन्द खरेलको परिवारका तर्फबाट पहिलो चरणमा एक लाख रुपैया र प्रेस चौतारी नेपाल, रुपन्देहीको तर्फबाट एक लाख थप गरी २ लाखको कोष बनाउने सम्झौता भएको हो । उक्त कोषमा क्रमस वृद्धी गर्दै लैजाने र कम्तीमा ५ लाख रुपैया कोषमा पुर्याई वर्षमा ५० हजार बराबरको पुरस्कार वितरण गर्ने सहमती भएको छ ।

सयुक्त रुपमा सञ्चालन हुने परमानन्द खरेल स्मृती अक्षयकोषको ब्याजबाट मुलकको विकास र समृद्धीसंगै जनपक्षिय पत्रकारीता गर्ने एक वर्षमा एकजना एकजना रुपन्देहीका श्रमजिवी पत्रकारलाई वितरण गरीने प्रेस चौतारी नेपाल, अध्यक्ष पौडेलले बताए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का स्थायी बासिन्दा स्वर्गीय खरेलले नेकपा एमालेको प्रचार विभागमा रहदा पत्रकारीताको विकासमा निकै महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए ।

रुपन्देही उद्योग संघका तत्कालिन अध्यक्ष समेत रहेका खरेलको सम्मानमा स्थापना गरिएको पत्रकारीता पुरस्कारले रुपन्देहीका उद्योगीहरुमा समेत प्रेरणा र सम्मान भएको रुपन्देही उद्योग संघका पुर्व अध्यक्ष एवं नेपाल उद्योग परिसंघका लुम्विनी प्रदेश अध्यक्ष एजाज आलमले बताए ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य एवं प्रेस चौतारी ईन्चार्ज मोहन चापागाईले परमानन्द खरेलको स्मृतीमा स्थापना गरिएको पत्रकारीता पुरस्कारले एउटा असल राजनितीकर्मीको सम्मान भएको बताए ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ११ : २९ बजे

नवलपरासी कारागारका १८० कैदी अझै फरार

नवलपरासी । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

म्याग्दीको रणवाङ-दरवाङ खण्डको सडक अलपत्र

म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडक आयोजनाअन्तर्गत तेस्रो (रणवाङ–दरवाङ) खण्ड अलपत्र

सीके राउतद्वारा संसदीय राजनीतिबाट सन्यास घोषणा

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय राजनीतिबाट सन्यास

सुनको मूल्य सामान्य बढ्यो, चाँदीमा पनि हल्का वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही । जिल्ला प्रहरी कार्यालयले करिब ११ लाखभन्दा बढीको अवैध