४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिडनी एअरपोर्टमा कपमा पिशाब फेर्नेलाइ ६ सय अष्ट्रेलियन डलर जरिवाना



सिड्नी । एक यात्रुले सिड्नी एयरपोर्टमा कपमा पिशाव फेरेको भन्दै जरिवाना गरिएको छ । आफ्नो उडान सिडनी आइ पुगे पछि डिबोर्डिङमा ढिलाइ गर्दा कपमा पिसाब गरेको आरोपमा ती ब्यक्तिलाइ जरिवाना गरिएको हो ।

‘यो घटना गत डिसेम्बरमा अकल्याण्डबाट एयर न्यूजील्याण्डको उडानको ३ घण्टा पछि भएको हो,’ अधिकारीहरूले शुक्रबार भने । उनका अनुसार सिड्नीको अदालतले फेब्रुअरीमा आक्रामक व्यवहारको लागि ५३ वर्षीय ६०० अष्ट्रेलियन डलर जरिवाना गराएको हो ।

घटना शुक्रबार मात्रै सार्वजनिक भएको थियो । न्यूजील्याण्ड समाचार वेबसाइट स्टफले यो घटनाका बारेमा लेखे पछि बल्ल मानिसहरूले सार्बजनिक रूपमा थाहा पाएका थिए । सो वेभसाइटका अनुसार उनीसँगै बसेकी यात्री हाउलीले विमान चालक दललाई उनको यो हर्कतका बारेमा रिपोर्ट गरेकी थिइन् ।

झ्यालको सिटमा बसेको व्यक्तिले कपमा पिसाब गरेका थिए, जबकी सोही लहरको सिटमा हाउली र उनकी १५ वर्षीया छोरी पनि रहेकी थिइन् । ती अभियुक्त पुरुष यात्रुको नाम भने खुलाइएको छैन ।

हाउलीले भनिन कि विमान सडकमा करिब २० मिनेटको लागि टर्मिनल गेट छुट्याउन पर्खिएको थियो, सोही बेला ती यात्रुले कपमा पिसाब गरेको स्पष्ट आवाज सुनेकी थिइन ।

स्टफमा प्रकाशित समाचार अनुसार  ती व्यक्ति एकदमै नशालु थिए र विमानबाट बाहिर निस्कँदा एक उडान परिचरमा पिसाबसमेत छरिदिएका थिए ।

यस्तै, २४ अप्रिल २०२३ मा न्युयोर्कबाट दिल्ली आउँदै गरेको फ्लाइटमा सँगैका यात्रुलाई अर्का एक ब्यक्तिले पिसाब गरिदिएको घटना सार्बजनिक भएको थियो, जहाँ एक महिलाको शरिर माथी अर्का ब्यक्तिले पिशाव फेरिदिएका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ७ : ४६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको