२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

श्री शिशु कल्याण पाठशालाको छैटौं वार्षिकोत्सव सम्पन्न



बुटवल । श्री शिशु कल्याण पाठशालाले छैटौं वार्षिकोत्सव तथा पाचौं ग्राजुयशन समारोह सम्पन्न गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर-२ योगीकुटीमा अवस्थित शिशुकल्याण पाठशालाले शनिबार छैटौं वार्षिकोत्सव तथा पाचौं ग्राजुयशन समारोह सम्पन्न गरेको हो ।

कार्यक्रमको अवसरमा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले नगरलाई शैक्षिक हबको रुपमा विकास गर्न निजी क्षेत्रको पनि सहयोग उत्तिकै आवश्यक पर्ने उल्लेख गरे । उनले पाठशालाको योगदान र शिक्षाको क्षेत्रमा गरेको प्रगतिलाई सराहना गर्दै पाठशालालाई भविष्यमा पनि सफलताको शुभकामना व्यक्त गरे ।

तिलोत्तमालाई भौतिकमात्र नभई मानवीय हिसाबले पनि बिकास गर्ने योजना सुनाउँदै उनले सबैको साझा प्रयासमा जोड दिए । यसैगरी पाठशालाका अध्यक्ष कृष्ण प्रसाद नेपाल, अभिभावक संघ लुम्बिनी प्रदेशका अध्यक्ष लोकनाथ ज्ञवाली, तिलोत्तमा नगरपालिका वडा नम्बर९२ का वडाअध्यक्ष डिलबहादुर भट्टराई, पाठशालाका प्रधानाध्यापक दिपेन्द्र नेपाल काठमाडौं मन्टेश्वरीका राम देवकोटा, राजकुमार वाग्ले लगायतले बोल्दै व्यवहारिक र असल शिक्षामा जोड दिए ।

वार्षिकोत्सवका अवसरमा बालबालिकाहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । पाठशालामा मन्टेश्वरीदेखि युकेजीसम्म मात्रै कक्षा सञ्चालन गर्ने गरिएको छ । शिक्षालाई गुणस्तरीय र व्यवहारिक बनाउनका लागि हरेक शैक्षिकसत्रमा ५० जनाभन्दा विद्यार्थी संख्या नबढाइने विद्यालयले जनाएको छ । कार्यक्रम संचालक पाठशालाका प्रबन्ध निर्देशक महेन्द्र नेपालले गरेका थिए ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : ४० बजे

युवकको हत्या आरोपमा सुदूरपश्चिमका तीन युवा पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक

बाढीमा फसेका यात्रु उद्धार गर्ने सशस्त्र प्रहरी टोलीको सम्मान

काभ्रेपलाञ्चोक । गत सोमबारको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण

खानेपानीमा कर छुटको कानुनी व्यवस्था गर्न माग

काठमाडौं । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा

पोखरा स्पोर्ट्स अवार्ड : मनोनयनमा परेका १२ खेलाडीको नाम सार्वजनिक

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले यही वैशाख ३१

मूल्य वृद्धिसँगै निर्माण क्षेत्र प्रभावित हुँदा इन्धनको खपत घट्दै

वीरगन्ज । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै निर्माण क्षेत्र प्रभावित