२० बैशाख २०८१, बिहिबार | May 2, 2024

१२ शाखामा १२ सामाजिक कार्य गर्दै होटल पौवाले मनायो ८ औं वार्षिकोत्सव



बुटवल । नेपाली हस्पिटालिटीलाई ब्राण्ड बनाउँदै स्थापना भएको होटल पौवाले आफ्नो १२ वटै शाखाबाट बिबिध कार्यक्रम गरेर ८ औं वार्षिकोत्सव मनाएको छ । हरेक शाखाहरुमा फरक फरक जनउत्तरदायी कार्यक्रम गर्दै पौवाले स्थापना दिवस मनाएको हो ।

होटल पौवाको काठमाडौं शाखाले शंखमुल स्थित गुरुकुल आश्रममा आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ भने होटल पौवा भैरहवा र बुटवलले पौवा परिषरमै बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा होटलमा कार्यरत कर्मचारी तथा अन्य सदस्यहरुको सहभागीतामा ५५ युनिट रक्त संकलन गरिएको बुटवल शाखाका म्यानेजर निशान्त खरेलले जानकारी दिए । रक्त सञ्चार सेवा केन्द बुटवलको प्राविधिक सहयोग तथा नियमित रक्तदाता समाज रुपन्देहीसँगको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको खरेलले बताए । स्थापना दिवसको अवसरमा भैरहवा शाखाले पनि वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदाता सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ५० जना बढीले रक्तदान गरेका छन् ।

त्यसैगरि पौवाको तानसेन शाखाले सिर्जनसिल अपाङ्ग स्वाबलम्बन केन्द्र तानसेन पाल्पामा रहेका आश्रितहरुलाई खाना खुवाएको छ भने दाङको घोराहीशाखाले जेष्ठ नागरिक सरोकार केन्द्र तेरौटेमा रहेक जेष्ठ नागरिकहरुलाई खाना खुवाई खुसी साटासाट गरेको छ । पौवाका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उता पर्यटकीय राजधानी पोखरामा साहारा अकेडेमी बाल अनाथ आश्रम टुटुङ्गा रहेका आश्रितहरुलाई खाद्यान्न तथा फलफुल बितरण गरेको छ भने लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा रहेको पौवाले स्थानीबासीलाई निशुल्क मधुमेह ,उच्च रक्तचाप र मिर्गौला सम्बन्धी रक्त परिक्षीण तथा स्वास्थ्य परामर्श शिविर संचालन गरेको छ । बुटवलको केन सेन्टरसँगको सहकार्यमा भालुवाङमा स्वास्थ्य परामर्श शिविर संचालन गरिएको पौवाको भालुवाङ शाखाका प्रबन्ध श्याम न्यौपानेले बताए ।

यस्तै पौवाको लमही शाखाले नगर सरसफाई, गुल्मीको रेसुङ्गा शाखाले मन्दिर परिषरको सरसफाई कार्यक्रम तथा गुल्मी अस्पतालमा बिरामीलाई फलफुल बितरण कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको छ । धनगढी पौवाले नगर तथा शिवपुरि धाम मन्दिर सरसफाई तथा गोरुसिङ्हे शाखाले स्थानीय नगर सरसफाई तथा कर्णाली प्रदेशको जुम्ला शाखाले चन्दननाथ नगरपालिका जुम्ला वाड नम्बर ५ मा रहेका जेष्ठ नागरिकहरुलाई फलफुल बितरण गरेर वार्षिकोत्सव मनाएको छ ।

‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मुल नाराका साथ होटल व्यवसाय सुरु गरेको पौवाका नेपालका बिभिन्न शहरहरुमा १२ वटा शाखा संचालनमा रहेका छन् भने नेपालगन्जमा ५ तारे होटल निर्माणको काम धमाधम भइरहेको होटल पौवाका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

पौवाको रुपन्देहीमा बुटवल र भैरहवा गरि २, कपिलवस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णाली प्रदेशको जुम्लामा १, गण्डकी प्रदेशको पोखरामा १ र बाग्मती प्रदेशको काठमाडौंमा १ शाखा संचालनमा रहेको पौवाका प्रमुख कार्यकारी अधिकृत कृष्ण गौतमले जानकारी दिए । गौतमका अनुसार शाखा बिस्तारको लागि, चितवन र जनकपुरमा सम्भाव्यता अध्ययन भैरहेको छ ।

फोटो फिचर

 

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १ : ११ बजे

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक

वेस्ट इन्डिज ए सँग नेपालको लगातार तेस्रो हार

काठमाडौं । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

काठमाडौं । ‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य