६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

अमेरिकामा गोली चल्दा दुई जनाको मृत्यु, सात घाइते



न्यूयोर्क । संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यको उपनगर ‘मियामीमा’ गोली चल्दा दुई जनाको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको स्थानीय कानून प्रवर्तन अधिकारीले बताएका छन् ।

मियामीको मनोरञ्जनस्थल सिटीप्लेस डोरालको बारमा बिहान सबेरै ग्राहकहरूबीच झगडा भएपछिसुरक्षा गार्ड, प्रहरी अधिकारी र बन्दुकधारीबीच गोली हानाहान भएको थियो ।

उक्त घटनामा बन्दुकधारी र सुरक्षा गार्डको मृत्यु भएको छ । डोराल शहरका एक प्रहरी अधिकारी र अन्य छ जनालाई गोली लागेको छ ।

घाइते प्रहरी अधिकारीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

डोराल प्रहरी र सङ्घीय कानून प्रवर्तन विभागले सशस्त्र आक्रमणसम्बन्धमा अनुसन्धान भइरहेको सामाजिक सञ्जालमार्फत प्रहरीले जानकारी दिएको छ ।

अमेरिकी देशहरूमा बन्दुकबाट हुने मृत्युको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । बन्दुक हिंसा अभिलेखअनुसार सन् २०२४ मा हालसम्म अमेरिकामा बन्दुक आक्रमणबाट चार हजार २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सात हजार ५०० भन्दा बढी घाइते भएका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  ४ : ५६ बजे

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको

थोरङला पास हुँदै दुई सातामा ७७२ पर्यटक मुस्ताङमा

मुस्ताङ । लमजुङको बेँसीसहरबाट मनाङ हुँदै थोरङला पास छिचोल्दै पछिल्लो

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना, ११ जनाको मृत्यु

कास्की । कास्कीमा असोज महिनामा ५९ सवारी दुर्घटना भएका छन्