५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

नेपाली सेनाको परीक्षा चलिरहेको बेला बुटवलको कान्ति माबीमा आगलागी



बुटवल । बुटवलको कान्ति माध्यमिक विद्यालयमा आगलागी भएको छ । आज अपरान्ह ४ बजेको समयमा विद्यालयको क्यान्टिनमा रेगुलेटरबाट ग्यास लिक भएर आगलागी भएको हो ।

विद्यालयमा रहेको फायर एक्सटिंग्विशर (अग्निशमन यन्त्र)बाट आगो निभाउने प्रयास असपल भएपछि बुटवल उपमहानगरको दमकल बोलाइएको विद्यालयका प्राचार्य गोबिन्द ज्ञवालीले बताए ।

आगलागीबाट केही भौतिक तथा आर्थिक क्षेति भएको तर कुनै मानवीय क्षति नभएको प्राचार्य ज्ञवालीले बताए । विद्यालयमा आगलागी हुँदा बिद्यालयमा नेपाल आर्मीको परीक्षा सञ्चालन भइरहेको थियो । परीक्षामा बसेका नेपाली सेनाका जवानहरु समेत आगो नियन्त्रणका लागि खटेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०८०, आइतबार  १० : ३६ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन