१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

कान्ति मावि बुटवलको विद्यालय व्यवस्थापन समितिको बस्यो पहिलो बैठक



बुटवल । कान्ति माध्यमिक विद्यालय (कान्ति मावि) बुटवलको नव निर्वाचित विद्यालय व्यवस्थापन समितिको पहिलो बैठक सम्पन्न भएको छ। बैठक निर्वाचित जेष्ठ सदस्य रामकृष्ण शर्माको अध्यक्षतामा बसेको हो।

बैठकको अध्यक्षता गर्दै जेष्ठ सदस्य शर्माले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न गराएकोमा मतदान अधिकृत झविन्द्र बञ्जाडे सहितको टिम, वडा अध्यक्ष नरिश्वर पौडेल, बुटवल उपमहानगरपालिका शिक्षा शाखा, विद्यालय प्रशासन, प्रधानाध्यापक तथा मतदाता अभिभावकप्रति समितिको तर्फबाट धन्यवाद ज्ञापन गरे। उनले सबै पक्षलाई समेटेर छिट्टै व्यवस्थापन समितिलाई पूर्णता दिने प्रतिबद्धता व्यक्त गरे।

वडा अध्यक्ष नरिश्वर पौडेलले निर्वाचित सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे। विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले पनि निर्वाचित सदस्यहरूलाई शुभकामना दिँदै विद्यालयको समग्र विकासमा नयाँ समितिको महत्वपूर्ण भूमिका रहने अपेक्षा व्यक्त गरे। उनले विद्यालयमा सञ्चालित शैक्षिक तथा भौतिक गतिविधिहरूको बारेमा पनि जानकारी गराएका थिए।

बैठकमा नव निर्वाचित सदस्यहरू मित्र गिरी, कमला पन्थी र संगिता पोख्रेलले विद्यालयको हितमा सक्रियतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शिक्षा ऐनअनुसार चन्दादाता, संस्थापक वा विद्यालय विकासमा योगदान गरेका एक महिला सहित दुई सदस्य मनोनयन गरेपछि, छ जना सदस्यमध्येबाट समितिको अध्यक्ष चयन गर्नुपर्ने प्रावधान रहेपनि आजको बैठकले भने मनोनयन सम्बन्धि कुनै निर्णय नगरेको बैठकको अध्यक्ष्ता गरेका शर्माले बताए ।

राजनीतिक खिचातानीका कारण १५ महिनासम्म सहमतिमै समिति गठन हुन नसकेको अवस्थामा कान्ति माविमा यही असार २१ गते निर्वाचन सम्पन्न भएको हो। कान्ति मावि देशकै उत्कृष्ट मध्यको सामुदायिक विद्यालयमा एक मानिन्छ।

प्रकाशित मिति : २७ असार २०८२, शुक्रबार  १० : ०५ बजे

पलाञ्चोक भगवतीमा क्षमा पूजा

बनेपा । पलाञ्चोक भगवतीको मूर्तिमा आज क्षमा पूजा सम्पन्न गरिएको

Chinese President Xi extends condolences over mudslide disaster in Nepal

BEIJING : Chinese President Xi Jinping on Friday sent a

चिनियाँ राष्ट्रपति सीले नेपाली समकक्षी पौडेललाई पठाए समवेदना सन्देश

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल-चीन सीमा क्षेत्रको ग्यिरोङ–रसुवा

बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग

गुल्मी । नेपाल पत्रकार महासङ्घ गुल्मी शाखाले रसुवा बाढी प्रभावितलाई

प्रधानमन्त्री बालेन्द्रलाई पाकिस्तानी समकक्षीको फोन, आपत्कालीन राहत पठाउने प्रतिवद्धता

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्रीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग टेलिफोन संवाद