२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

बुटवलको कान्ति माविमा विद्यार्थी क्लब गठन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको देशकै नमुना विद्यालय कान्ति माध्यमिक विद्यालयमा कान्ति विद्यार्थी क्लब गठन भएको छ । २०७४ सालमा स्थापित भइ सोही समयमा बुटवल उपमहानगरपालिकामा दर्ता भएको आधिकारिक क्लब हो ।

विद्यालयका हरेक गतिविधिमा सक्रिय सहभागी भइ रचनात्मक कार्य गरेको यस क्लबले विद्यालयभित्र पठनपाठन व्यवस्थित गर्ने, सह तथा अतिरिक्त क्रियाकलापमा अगुवा गर्ने र अनुशासन कायम गर्ने जस्ता गतिविधि गर्दै आएको छ ।

यस्ता गतिविधिले विद्यार्थीलाई नेतृत्वदायी क्षमता अभिवृद्धि गर्न सहयोग हुने र भोलि एउटा जिम्मेवार जनशक्ति उत्पादन हुने कुरालाई क्लबले जोड दिएको छ । उक्त क्लबको आठौँ अध्यक्षको रूपमा कक्षा १२ विज्ञान समूहमा अध्ययनरत स्नेहा भूसाल छनौट भएकी छन् भने १३ सदस्य मूल समिति, प्रत्येक कक्षाबाट १ जनाको दरले ४२ समिति सदस्य र कक्षा ११ र १२ मा अध्ययनरत सम्पूर्ण सदस्य क्लबका साधारण सदस्य रहनेछन् ।

कार्यक्रममा बोल्दै कक्षा ११ र १२ विज्ञान समूहका इन्चार्ज मोहन भट्टराई र कक्षा ११ व्यवस्थापन, मानविकी र शिक्षा समूहका इन्चार्ज भानुभक्त भुसालले रचनात्मक कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

क्लबका संरक्षक प्रधानाध्यापक गोविन्द ज्ञवालीले क्लबलाई विद्यालयमा मात्र सीमित नगरी अन्य विद्यालयमा समेत विद्यार्थी क्लब गठन गरी सामाजिक कार्यमा सहभागी हुनुपर्ने र रचानात्मक नेतृत्व गर्नुपर्ने धारणा व्यक्त गरेका थिए भने कार्यक्रमको कोओडिनेसन क्लबका शिक्षक नायक राजन पौडेल क्षितिजले गरेका थिए ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ७ : २९ बजे

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना