४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाल चेम्बर अफ कमर्समा नयाँ नेतृत्व



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन् । जमलस्थित चेम्बर भवनमा आज भएको ७३ औँ वार्षिक साधारणसभाबाट नयाँ नेतृत्व चयन भएको हो ।

अध्यक्ष अग्रवालसहित चेम्बरको कार्यसमितिका सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । चेम्बरको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा चयन भएका छन् ।

त्यसैगरी, वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, उद्योगतर्फ दिपक श्रेष्ठ, वस्तुगत सङ्घतर्फ सुरेन्द्रकुमार श्रेष्ठ, द्विराष्ट्रियतर्फ नीलकण्ठ चौलागाईं र जिल्लातर्फको उपाध्यक्षमा सन्तोष कुमार पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।

वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ । कुल ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनीतबाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ९ : १२ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज