२ कार्तिक २०८३, सोमबार | October 19, 2026

मुस्लिम आयोगद्वारा इद पर्वको शुभकामना



काठमाडौं । मुस्लिम आयोगले इद (इदुल फित्र) पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र सांस्कृतिक तथा धार्मिक सहिष्णुता थप सुदृढ बनाउने विश्वास लिएको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले इद पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दैै यस पर्वले राष्ट्र निर्माण तथा विकासको गति तीव्ररुपमा अघि बढोस् र समृद्ध नेपाल सुखी नेपालीको परिकम्पना साकार होस् भन्ने शुभेच्छा व्यक्त गरेका छन ।

“पवित्र रमजान महिनामा एक महिनासम्म दिनभरिको भोक तिर्खा बिर्सेर, रिस-राग र स्वार्थ त्यागेर सबै ज्ञानेन्द्रीयलाई कुकर्मबाट टाढा राखी कठोर अभ्यास पूरा गरी भोलिपल्ट इदको खुशियाली साटासाट गर्दै मनाउने यस पावन अससरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा इदको शुभकामना व्यक्त गर्दछौँ”, शुभकामना सन्देशमा भनिएको छ ।

इद संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड हो । इस्लाम धर्मावलम्बीको १४४५ हिजारीको रमजान महिनाको ३० दिने सौम (व्रत, उपसना) पूरा भएको भोलिपल्ट खुशियाली साटासाट गर्दै मुस्लिम समुदायले मनाउने चाड भएको आयोगले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २९ चैत्र २०८०, बिहिबार  ७ : ४० बजे

सरकारी राँगोको मार हान्न पाँच लाख ५ हजार रूपैयाँ बोलकबोल

म्याग्दी । रघुगंगा गाउँपालिका–२ को भगवती कोत मन्दीरमा बिजया दशमीको

पोखरा-जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ । पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने

चितवन । चितवनको देवघाटदेखि नवलपुरको मौलाकालिका मन्दिरसम्म केबलकार निर्माण गरिने

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ । गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

राष्ट्रिय खेलकुदका लागि गण्डकीका स्थानीय तहदेखि नै खेलाडी छनोट गरिँदै

कास्की । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशमा खेलाडी छनोट