२६ भदौ २०८३, शुक्रबार | September 12, 2026

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात



काठमाडौं । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९।२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, गुलशन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले समुह ए मा २ अंक हासिल गरेको छ । अब नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ८ : ०४ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य