२२ भदौ २०८३, सोमबार | September 7, 2026

एसीसी प्रिमियर कपमा आज नेपालले साउदी अरेबियासँग खेल्दै



काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटको तेस्रो संस्करणअन्तर्गत नेपालले आज साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगितामा नेपालले पहिलो खेलमा बहराइनलाई सात विकेट र दोस्रो खेलमा आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । लगातार दुई खेलमा जित निकालेको नेपाल उच्च मनोबलका साथ साउदीविरुद्ध मैदानमा उत्रिँदैछ । नेपाल र साउदीबीचको खेल बिहान ७ः१५ बजे सुरु हुनेछ ।

दुई खेलबाट चार अंक जोडेको नेपाल समूह ‘ए’ को तालिकामा दोस्रो स्थानमा छ । तीन खेल खेलेको साउदीले एक खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । साउदी दुई अंकसहित तालिकाको पुछारमा रहेको छ ।

प्रतियोगितामा सहभागी १० टोलीलाई पछि पार्दै उपाधि जितेर सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित नेपाली टोली मलेसिया पुगेको हो ।

प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा बहराइन, हङकङ, मलेसिया र साउदी अरेबियासँगै छ । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।

नेपालले समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । साउदीसँग यसअघि भएका दुई खेलमध्ये नेपालले एकमा जित हात पारेको छ भने अर्को खेल रद्द भएको थियो । ५० ओभरको क्रिकेटमा हङकङविरुद्ध नेपालले चार खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने प्रतियोगिताको विजेताले सन् २०२७ को एसिया कपमा सिधै स्थान बनाउनेछ ।

सहज रूपमा सेमिफाइनलमा पुग्न नेपालले आजको खेल जित्नुपर्ने दबाबमा छ । आज साउदीसँग पराजित भएमा अन्तिम खेलको नतिजापछि नेपालले रनरेटको गणना पर्खिनुपर्ने अवस्था आउन सक्नेछ ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ७ : १७ बजे

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११

भरतपुर-काठमाडौं उडानमा यात्रुको उच्च चाप

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

नुवाकोटमा हराइरहेका व्यक्तिको खोज तथा उद्धारमा तीव्रता

नुवाकोट । भोटेकोशी बाढीको कारण प्रत्यक्ष प्रभावित नुवाकोटमा खोज तथा