१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

दीपेन्द्रको अर्धशतकमा ओमानलाई १४८ रनको लक्ष्य



काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकको मद्दतमा नेपालले एसीसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा ओमानसामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियास्थित बायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए। उनले ७६ बलको सामना गर्दै चार चौका प्रहार गरे। बसिर अहमदले ४७ रनको योगदान दिए भने देव खनालले १३ र आसिफ शेखले ११ रन बनाए।

नेपालको इनिङ्स उकास्ने क्रममा दीपेन्द्र र बसिरले पाँचौँ विकेटका लागि महत्वपूर्ण ९३ रनको साझेदारी गरेका थिए। उनीहरूको साझेदारीले कमजोर अवस्थामा पुगेको नेपालको स्कोरलाई सम्मानजनक योगफलतर्फ अघि बढाएको थियो।

ओमानका बलरमध्ये हसनैन शाह र जय ओडेदराले तीन–तीन विकेट लिए। मोहम्मद इमरानले दुई तथा मुजिबर अली र सकिल अहमदले एक–एक विकेट हात पारे।

अब ओमानले १४८ रनको लक्ष्य पछ्याउँदै फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २५ भदौ २०८३, बिहिबार  १० : ३६ बजे

आफूलाई आइजिपीबाट हटाउने बालेनको सुरक्षा सल्लाहकार खालान् कार्की ?

काठमाडौं । सरकारले ३० वर्षपछि प्रहरीमा अर्को ‘कू’ गरेको छ

झिनो अंकले बढ्यो नेप्से, साढे सात अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार  नेप्से परिसूचक सामान्य

मालपोतका नायब सुब्बा एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

रौतहट । सर्लाहीको मलंगवास्थित मालपोत कार्यालयमा सेवाग्राहीको काम गरिदिने भन्दै

फुटपाथ कब्जागरि आवागमन अवरोध गर्नेहरुलाई खजुरा गाउँपालिकाले काराबाही गर्ने

खजुरा । खजुरा गाउँपालिकाले सडक र फुटपाथ अतिक्रमण गर्नेहरुलाई कारबाही

एआईजी मनोज केसीलाई आईजीपी बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मनोज