५ श्रावण २०८३, मंगलबार | July 22, 2026

खजुरामा सांस्कृतिक कार्यक्रम गरेर नयाँ वर्षको स्वागत



खजुरा । महङ्गो टिकट बेचेर होटल र पार्टी प्यालेसहरुमा न्यु इयर इभ मनाइरहेका बेला बाँकेको खजुरामा खुल्ला सांस्कृतिक कार्यक्रम गरेर पुरानो वर्षको विदाई र नयाँ वर्षको स्वागत गरिएको छ । खजुरा प्रज्ञा प्रतिष्ठान र मनकामना युवा क्लवको संयुक्त आयोजनामा खजुरामा बिबिध सांस्कृतिक कार्यक्रम गरिएको हो ।

खजुराको मनकामनापुरमा भएको सांस्कृतिक कार्यक्रममा बोल्दै खजुरा गाँउपालिकाका अध्यक्ष डम्बर बिक तुफानले प्रज्ञा प्रतिस्ठानले कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान गरेको बताए । उनले स्थानीय कला र संस्कृतिलाई जोगाउन सबै एक जुट हुन जरुरी रहेको बताउँदै उनले पालिकाले स्थानीय कला संस्कृतिमा सहकार्य गर्न तयार रहेको बताए ।

पालिकाकी उपाध्यक्ष मन्जु मल्लले खजुरा प्रज्ञा प्रतिष्ठानले गठन भएको १ वर्षमा ४ पुस्तक प्रकाशन सहित प्रतिभाको खोजी गरेको जानकारी दिइन् ।

खजुरा प्रज्ञा प्रतिष्ठानको आयोजनामा सम्पन्न स्थानीय कला प्रतियोगिताको गायन विधामा शुभा शाह प्रथम, सिम्रन उपाध्याय द्वितीय र तिला पाण्डे तृतीय हुन सफल भएका थिए । अडिसन प्रक्रियाबाट छनौट गरिएको एकल गायन प्रतियोगितामा छानिएका ५ जनाबाट ३ जनालाई पुरस्कृत गरिएको गायन बिधाका निर्णयक संयोजक सुन्दर गुरुङले बताए । प्रतियोगितामा विजयताहरुलाई पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रद्दा प्रतिष्ठानका उपकुलपति डा. इन्द्र भण्डारी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरे । सोही अवररमा आयोजित वक्तृत्वकलामा शिक्षा कंडेल प्रथम, कोशिका खड्का द्वितीय र प्रियंका चौधरी तृतीय भएका थिए ।

मध्यराती १२ बजे सम्म स्थानीय कला र संस्कति झल्कने बिबिध सा.सकृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । बिगत लामो समयदेखि मनकामना युवा क्लवले नयाँवर्षको अवसरमा गर्दै आएको सांसकृतिक कार्यक्रममा यसै वर्षबाट खजुरा प्रज्ञा प्रतिष्ठान मिसिन आएको हो । कार्यक्रमलाई आगामी वर्षपनि निरन्तरता दिइने मनकामना युवा क्लवका सचिव लक्ष्मण कंडेलले बताए ।

 

 

प्रकाशित मिति : १ बैशाख २०८१, शनिबार  १० : ३५ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं