६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

लालीगुराँस हेर्न लाप्राकमा पर्यटक



गोरखा । पाखाभरी ढकमक्क लागीगुँरास फूल्न थालेपछि लाप्राकमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकका डाँडा यतिबेला लालीगुँरासले भएिको छ ।

“लालिगुराँस फुल्न थालेपछि अघिपछि भन्दा यो याममा धेरै पर्यटक लाप्राक आउनेजाने क्रम बढेको छ”, वडाध्यक्ष किसान गुरुङले भने, “डाँडाभरी विभिन्न रङका लालीगुराँसका फुलेपछि यस क्षेत्रको थप सुन्दर बनेको छ ।” हिउँ परेका बेलामा पनि पर्यटक आउने गरेको भन्दै उनले यसपटक लालीगुँरास हेर्न आउनेको भीड बढेको बताए । लाप्राकमा पर्यटक बढ्न थालेपछि होटल व्यवसायीसमेत खुसी भएका छन् । लाप्राककी होटल व्यवसायी स्नेह गुरुङले लालीगुराँस फुलेको हेर्न आउने पर्यटकले लाप्राकका अधिकांश होटल भरिभराउ भएको बताए ।

भूकम्पपछि लाप्राकको पुरानो बस्तीलाई स्थानान्तरण गर्नका लागि गुप्सीपाखामा निर्माण गरेको एकीकृत नमुनाबस्ती पनि लाप्राकको अर्को आर्कषक पर्यटकीय गन्तव्य बनेको छ ।

गुप्सीपाखास्थित एकीकृत नमुनाबस्तीमा रहेका एउटै मोडलका पाँच सय ७३ घर अत्यन्तै आर्कषक देखिन्छ । उक्त बस्तीमा गुप्सीपाखा सामुदायिक घरबास समेत सञ्चालनमा छ । पर्यटकको सङ्ख्या बढ्न थालेपछि घरबासमा समेत राम्रो व्यापार हुनथालेको होमस्टे सञ्चालक समितिका अध्यक्ष होमसिंह गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २ बैशाख २०८१, आइतबार  २ : ०२ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए