१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता



धनगढी । सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।

केन्द्रको सत्ता समीकरणमा रहेका दलहरुले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन सहमति गरेपछि एकीकृत समाजवादीले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।

एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख नाजिर मियाँलाई बुझाएका छन् ।

योसँगै अब एकीकृत समाजवादीले प्रदेशमा मुख्यमन्त्रीमा दाबि गर्ने बताइएको छ । यसका लागि प्रक्रिया मिलाउने तयारी भएको बुझिएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भएको छलफल अनुसार घटनाक्रम अगाडी बढेको देखिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ४ : ३९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा