८ कार्तिक २०८३, आइतबार | October 25, 2026

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय



बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री बन्ने भएका छन् । सरकारको भागबण्डामा एमालेले पाँच मन्त्रालय पाएको हो ।

त्यस्तै माओवादी केन्द्रले मुख्यमन्त्रीसहित तीन मन्त्रालय पाउने सहमति भएको छ । त्यस्तै नाउपा, जसपा र स्वतन्त्र सांसदले एक(एक मन्त्रालय पाउने भएका छन् ।

यसैबीच एमालेले सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंगाएको छ । एमालेबाट  चेतनारायण आचार्य यसअघि नै मन्त्री रहेका छन् र उनले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै भूमिश्वर ढकालले सहरी ढकाल, दिनेश पन्थीले गृह, अर्जुनकुमार केसीले सामाजिक विकास र रत्न खत्रीले वन मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

मुख्यमन्त्री जोखबहादुर महराले आजै ११ सदस्यीय मन्त्रिपरिषद बनाउदै छन् र बेलुकी ५ बजे शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  १२ : २२ बजे

पार्टीभित्र एकताको प्रयास जारी रहने भए पनि एउटै विषयमा अल्झिएर बस्न नहुने : महामन्त्री पौडेल

दमौली । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएल विजेताले एक करोड ५० लाख पाउने

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेता टोलीले एक

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको

बेल्डाँडीमा बाघ धपाउन हात्ती परिचालन

महेन्द्रनगर । कञ्चनपुरको बेल्डाडी गाउँपालिका–५ इमलिया क्षेत्रमा पाटेबाघ बस्ती नजिकै