५ आश्विन २०८३, सोमबार | September 22, 2026

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा दूरसञ्चार सेवाको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नेपाल टेलिकमको पाँचौँ केन्द्रीय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले दूसञ्चार सेवाको अभावमा मुलुकको सर्वाङ्गीण विकास असम्भव छ भनिन ।

“दूरसञ्चार सेवा गुणस्तरीय भएन, सबै नागरिकको पहुँचमा गुणस्तरीय सेवा नपुग्दा मुलुकको विकासमा बाधा पुग्छ”, मन्त्री शर्माले भनिन, “सरकारी शेयर भएका कारण पनि टेलिकमले मुनाफा नभए पनि दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्ने दायित्व अगाडि छ ।” दूरसञ्चार सेवालाई गुणस्तरीय बनाएर लैजानुपर्नेमा जोड दिँदै मन्त्री शर्माले ‘डिजिटल डिभाइड’ न्यूनीकरण गर्न विशेष योजना ल्याउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिइन ।

“आजका दिनमा पनि ‘डिजिटल डिभाइड’ कायमै छ, सबै वडामा दूरसञ्चार सेवा पु¥याउनु आजको आवश्यकता हो”, उनले भनिन, “मुलुकका सबै भूभागमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने उद्देश्य हासिल गर्न कम्पनीले गम्भीर भएर सोच्नुपर्छ, यसका लागि मन्त्रालयले सहजीकरण गर्छ ।” टेलिकमलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन उच्च व्यवस्थापनको ध्यानाकर्षण गराउँदै उनले कम्पनीलाई मुनाफामा लैजाने व्यावसायिक योजना ल्याउन आग्रह गरिन ।

मन्त्री शर्माले पेसागत हकहित र संस्थाको श्रीवृद्धिमा अनवरतरुपमा क्रियाशील हुन सम्पूर्ण कर्मचारीलाई आह्वान गर्दै तालिममा सिकेका ज्ञानलाई कार्यक्षेत्रमा लगाउन सुझाव दिइन । “कर्मचारीको सेवा सुविधालाई समयानुकूल परिमार्जनका लागि मन्त्रालयले समन्वय र सहजीकरण गरिरहेको छ”, उनले भनिन, “कर्मचारीले भोग्दै आएको अप्ठ्यारा विषयलाई मन्त्रालयले ध्यान दिएको छ, मन्त्रालयले अभिभावकीय भूमिका निर्वाह गर्नुभयो ।”

कार्यक्रममा टेलिकममा क्रियाशील पेसागत सङ्घसङ्गठनका प्रतिनिधिले टेलिकम क्षेत्रमा देखिएका चुनौती समाधान गर्न, नयाँ परियोजना सञ्चालन गर्न, कर्मचारीको सेवा सुविधा समयानुकूल परिमार्जनका लागि व्यवस्थापनको ध्यानाकर्षण गराएकी थिइन ।

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहिबार  ६ : २० बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न