८ श्रावण २०८३, शुक्रबार | July 24, 2026

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान



नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा सुरू हुदैँछ । यस चरणमा कुल १०२ सिटमा मतदान हुनेछ । निर्वाचनलाई सुरक्षित र शान्तिपूर्ण बनाउन अतिसंवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको हेलिकोप्टरिङ भइरहेको छ ।

महाराष्ट्रको गडचिरोली र छत्तीसगढको बस्तर जस्ता नक्सल प्रभावित क्षेत्रहरू पनि पहिलो चरणमा समावेश गरिएका छन् भने पहिलो चरणमा जम्मु कश्मीरको उधमपुर लोकसभा निर्वाचन क्षेत्रमा मतदान हुँदैछ। निर्वाचन अधिकृतका अनुसार यहाँ ६ सय ५४ मतदान केन्द्र रहेका छन् ।

मौसमलाई ध्यानमा राखी देशैभरीका मतदानमा भाग लिने राजनीतिक  दल र मतदाताका लागि आवश्यक व्यवस्था मिलाइएको निर्वाचन अधिकारीहरुले बताएका छन् ।

यी बाहेक पहिलो चरणमा निर्वाचन हुने महत्वपूर्ण सिटहरूमा नागपुर, कन्याकुमारी, चेन्नई सेन्ट्रल, मुजफ्फरनगर, सहारनपुर, कैराना, पिलीभीत, डिब्रुगढ, जोरहाट, जयपुर, छिन्दवाड़ा, जमुई, बस्तर, नैनीताल र लक्षद्वीप आदि पर्छन्।

धर्मको सहर भनिने हरिद्वार सिटमा पनि पहिलो चरणमा लोकसभा चुनाव हुन लागेको छ भने पहिलो चरणमा असममा पाँच सिटमा चुनाव हुँदैछ, जसका लागि यहाँ १०,००० मतदान केन्द्रहरू बनाइएको छ। जसमध्ये २ सय १९ मतदान केन्द्र गम्भीर मानिएका छन् । करिब ५ हजार ५ सय मतदान केन्द्रमा वेब कास्टिङको व्यवस्था गरिएको छ भने ११ हजार क्यामेरा जडान गरिएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ७ : २० बजे

प्रधानमन्त्री शाहले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम । मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ

सांसद बब्लु गुप्ताले बाइकमा उभिएर भिडियो बनाउँदै गरेको तस्बिर बन्यो भाइरल

काठमाडौं । सरकारले ट्राफिक नियम कार्यान्वयनलाई कडाइका साथ अघि बढाइरहेका

नेपाली बजारमा बेलायतको नथिङ ब्राण्डको नया स्मार्टफोन

बुटवल । बेलायतस्थित उपभोक्ता प्रविधि ब्रान्ड नथिङको नयाँ स्मार्टफोन ‘नथिङ

२६ दिनपछि सोनम वाङचुकले तोडे आमरण अनशन

काठमाडौं । भारतमा परीक्षाका प्रश्नपत्र चुहावटविरुद्ध आन्दोलनरत भारतीय अभियन्ता सोनम