२३ भदौ २०८३, मंगलबार | September 8, 2026

सर्वोच्चको फैसला नआएसम्म कांग्रेसले गण्डकी प्रदेशसभा बहिष्कार गर्ने



पोखरा । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म प्रदेश सभा बैठक बहिष्कार गर्ने निर्णय गरेको हो ।

कांग्रेसले खगराज अधिकारी नेतृत्वको सरकारको वैधानिकताको विषयलाई लिएर कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा फैसला नआएसम्म प्रदेशसभा बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

सर्वोच्चले यसअघि अधिकारी नेतृत्वको सरकारलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएर यस मुद्धाको पूर्ण सुनुवाई बैशाख १० गते गर्ने आदेश दिएको थियो ।

गण्डकी प्रदेश सभाको बैठक आज ३ बजे बस्ने गरी प्रदेश प्रमुख डिल्लीराज भट्टले आह्वान गरेका छन् ।

कांग्रेसले प्रदेश सभा बैठक बारे सभामुखलाई समेत ध्यानाकर्षण पत्र बुझाएको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  २ : ५८ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास