१० असार २०८३, बुधबार | June 24, 2026

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह



इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शुक्रबार ‘पूर्णरूपमा तनाव कम गर्न’ आह्वान गर्दै जी७ समक्ष काप्रीमा हुने वार्तामा यस विषयमा छलफल गर्ने बताएका छन ।

रोमले सात मुलुकको समूह जी७ का विदेशमन्त्रीहरूको बैठकको आयोजना गरिरहेको इटालीको टापु काप्रीबाट आरएआई समाचार उनले भने, “हामी सबैलाई तनावबाट जोगिनका लागि सतर्क रहन आमन्त्रण गर्दछौँ ।”

उनका अनुसार जी ७ ले मध्यपूर्वमा ‘पूर्णरूपमा तनाव कम गर्न’ चाहेको बताए । जी ७ मा संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, जापान, क्यानाडा र इटाली रहेका छन् ।

क्यानाडाका विदेशमन्त्री मेलानी जोलीले सामाजिक सञ्जाल एक्समा भने, “हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौँ, हामी आज बिहान इटालीमा जी७ को बैठकमा विदेशमन्त्रीहरूसँग स्थितिलाई सम्बोधन गर्नेछौँ ।”

इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको सूचना दिएको थियो । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।

करिब एक साताअघि सिरियामा इरानको दूतावासमा भएको घातक आक्रमणको जवाफमा इरानले इजराइलमाथि ड्रोन र मिसाइलहरू प्रहार गरेपछि इजराइलले जवाफी आक्रमण गर्ने चेतावनी दिएको थियो । इरानको अधिकांश ड्रोन तथा मिसाइल आक्रमणलाई इजराइलले रोकेको थियो । यसबाट गाजा युद्धबाट ठूलो क्षेत्रीय प्रभावको आशङ्का बढेको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनलगायत जी ७ का मन्त्रीहरू बुधबारदेखि काप्रीमा छन र शुक्रबार दिउँसोको भोजनपछि बैठक समाप्त हुँदैछ । बिहीबार बिहान बैठकको एजेन्डमा सबैभन्दा अघि मध्यपूर्व सङ्कट थियो ।

शुक्रबारको बैठक हिन्द–प्रशान्त क्षेत्रमा बढ्दो तनावमाथि केन्द्रित थियो तर इटालीका विदेशमन्त्री ताजानीले इरानको स्थितिमाथि ‘छलफल’ गरिने पुष्टि गरे ।

 

प्रकाशित मिति : ७ बैशाख २०८१, शुक्रबार  ३ : ४९ बजे

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम राष्ट्रिय

रास्वपाको महाधिवेशन निर्वाचन तालिका संशोधन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको निर्वाचन

बुटवलको मुख्य औषधी बजारबाटै नक्कली औषधीको कारोबार

बुटवल। बुटवलको मुख्य व्यापारिक क्षेत्रमा नै नक्कली औषधीको अवैध कारोबार

लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन

भैरहवा । लुम्बिनी विकास कोषका पदाधिकारी पदका लागि खुला प्रतिस्पर्धामार्फत

हुलाकी राजमार्ग अन्तर्गत खजुरा खण्डको मुहार फेरिँदै

खजुरा । विगत ९ वर्षदेखि कन्तबिजोग पारिएको हुलाकी राजमार्ग अन्तर्गतको