३१ बैशाख २०८१, सोमबार | May 14, 2024

सूर्य नेपाल काठमाडौं ओपन आजदेखि



काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३/२४ अन्तर्गतको सातौं प्रतियोगिता, सूर्य नेपाल काठमाडौं ओपन आजदेखि सुरु हुँदैछ ।

रोयल नेपाल गल्फ क्लबमा सुरू हुने ७२ होलको चार दिने प्रतियोगिता शुक्रबारसम्म चल्नेछ। उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत गर्ने आयोजकले जनाएको छ।

सहभागी गल्फरहरू मध्ये सुबाश तामाङको लागि भने यो प्रतियोगिता विशेष रहनेछ। उनले यो टुर धेरै पटक खेलेका छन्। प्रोहरूलाई माथ दिएर उपाधि पनि जितेका छन। तर प्रोफेसनल खेलाडी भएपछि नेपालमा उनले खेल्न लागेको यो पहिलो पटक हो।

भारतीय गल्फ टुरमा प्रोफेसनल प्रतियोगिताहरू भने उनले खेलिसकेका छन्। यो पटक उनी प्रमुख दाबेदारको रूपमा रहनेछन। नेपालका उनी सर्वाधिक सफल एमेच्योर गल्फर हुन र उनको घरेलु टुरमा प्रोफेसनल करियरको सुरूवात भोलिदेखि सुरू हुँदैछ। उनलाई एमेच्योर गल्फर सदभाव आचार्यले कडा चुनौती दिने संभावना रहेको छ। सदभावले यो सिजन दुई उपाधि जितिसकेका छन।

प्रो भुवन नगरकोटी, दिनेश प्रजापति, रवि खड्का, सञ्जय लामा, जयराम श्रेष्ठ लगायतका प्रोहरू वलिया दाबेदारको रूपमा रहेका छन। नेपाल नम्बर एक प्रो शुक्रबहादुर राईले चोटको कारण यो प्रतियोगिता पनि गुमाएका छन्।

प्रतियोगिताको कुल पुरस्कार राशी ७ लाख ३ हजार ५ सय रहेको छ। विजेताले १ लाख २० हजार तथा दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८२ हजार र ६६ हजार प्राप्त गर्नेछन। यसैगरी चौथो हुनेले ५५ हजार र पाँचौ हुने खेलाडीले ४३ हजार नगद हात पार्नेछन्।

चार दिने प्रतियोगितामा ३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन। टप २१ मा पर्ने खेलाडीहरुले नगद पुरस्कार प्राप्त गर्नेछन।एमेच्योर खेलाडीको हकमा प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन्।

प्रतियोगितालाई प्रतिस्पर्धात्मक बनाउनको लागि कोर्सलाई रोमाञ्चक बनाइएको छ। कोर्ससँग अभ्यस्त हुन गल्फरहरूले तयारी गरिरहेको छन्।

पिजीए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो प्रतियोगितामा राम्रो स्कोर निस्किने र प्रतियोगिता प्रतिस्पर्धामक हुने विश्वाश रहेको बताए। पछिल्लो समय गल्फको स्तर बढेको र निरन्तर प्रायोजन गरेकोमा उनले प्रायोजक सुर्य नेपाल प्रालिलाई धन्यवाद दिएका छन्।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ८ : १८ बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक