२९ भदौ २०८३, सोमबार | September 14, 2026

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न



बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लोकतन्त्र दिवसको अवसरमा रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ७० यूनिट रगत संकलन भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश ईन्चार्ज केशव रोकाले बेला बेलामा रगतको अभावले बिरामीको ज्यान गएका खबर आइरहेका बेला युवा संघ रुपन्देहीले आयोजना गरेको कार्यक्रमको प्रशंसा गर्दै रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताए ।

सेवामुलक काम गर्दा समाजमा सकारात्मक सन्देश जाने भएकाले युवा संघमा आबद्ध भएका सबैलाई ज्यान बचाउने महान कार्यमा जोडिन आग्रह गरे ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चौहानले रक्तदान अभियानमा जोडीन यूवाहरुलाई आग्रह गरे । रक्तदान कार्यक्रम गाउँगाउँमा पनि आयोजना गरी रक्तदानको महत्वबारे बुझाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा युवा संघ रुपन्देहीका अध्यक्ष विकास जंग बस्नेतले सामाजिक अभियानसँगै स्वास्थ्य क्षेत्रमासमेत युवाहरुको योगदानका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । रगत नपाएर कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्यका लागि यो कार्यक्रमले सहयोग गर्ने बताए ।

रक्तदान कार्यक्रममा युवाहरुसँगै महिला र नयाँ रक्तदाताहरुको समेत सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक नवराज मल्लले बताए ।

कार्यक्रममा युवा नेताहरु दिनानाथ भट्टराई, यमराज पाण्डे, कृष्ण पोखरेल, युवराज घिमिरे, कल्पना पाडे मगर, इश्वर न्यौपाने, कृष मल्ल ठकुरी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा संघ रुपन्देहीका सचिव दीपेश कंडेलले गरेका थिए ।

प्रकाशित मिति : ११ बैशाख २०८१, मंगलबार  ६ : ०८ बजे

भोटेकोशी बाढी : १३ सय ९२ को शव फेला, चार हजारभन्दा बढी अझै बेपत्ता

काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीका कारण हालसम्म एक हजार

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

रसुवा । रसुवा-नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के तथा तुइन निर्माण गरी

लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा

दाङ । हरितालिका तीज पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले आज

पशुपति क्षेत्रमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । यस वर्षको हरितालिकाका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने

घरपझोङ जलवायु सम्मेलनमा ४२० स्थानीय तह सहभागी हुने

मुस्ताङ । यही भदौ ३० गते मङ्गलबारदेखि हिमाली जिल्ला मुस्ताङको