१६ कार्तिक २०८३, सोमबार | November 2, 2026

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द



झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज साँझ ६ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएका छन् ।

भारतमा यही वैशाख १४ गते हुने दोस्रो चरणको लोकसभा निर्वाचनका लागि भारतीय आग्रहमा नेपाली नाका बन्द गरिएका हुन् । बन्द अवधिमा सर्वसाधारण र सवारी साधनको आवतजावत निषेध हुने स्थानीय प्रशासनले जनाएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा र गौरीगञ्ज नाका उक्त अवधिमा बन्द रहने जानकारी दिए । आज साँझ ६ बजे बन्द भएका ती नाका वैशाख १४ गते साँझ ६ बजे खुल्ने भएका छन् ।

भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन पश्चिम बंगालको दार्जिलिङ र विहारको किसनगञ्ज जिल्लामा यही वैशाख १४ गते एकै दिन हुँदै छ । भारतका दुवै जिल्ला झापासँग सीमा जोडिएका छन् ।

उक्त अवधिमा नाकाबाट अति जरुरीबाहेक सर्वसाधारण र सवारीसाधनको आउजाउ पूर्णतया बन्द हुने प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले बताए । उनले मतदानबाहेकका दिनमा अत्यावश्यक एम्बुलेन्स र हवाई सेवा प्रयोगकर्तालाई भने छुट दिइने जानकारी दिए ।

खुला सीमाका कारण चुनावका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले भारतीय सुरक्षा निकायको आग्रहमा सीमानाका बन्द गर्ने विगतदेखिकै प्रचलन रहेको प्रजिअ बाँस्तोलाले बताए । नेपालमा चुनाव हुँदासमेत भारतीय पक्षले उसको सीमानाका बन्द गर्ने गरेको उनले बताए । चुनाव लक्षित नाका बन्दका बेला सीमाको दशगजा क्षेत्रमा दुवै देशका सुरक्षाकर्मीले संयुक्त गस्ती गर्ने जनाएका छन् ।

भारतको दार्जीलिङ जिल्लासँग झापासँगै इलामको समेत सीमाले छोएको छ । उक्त अवधिमा इलामको पशुपतिनगर र मानेभञ्ज्याङ नाका बन्द गरिने बताइएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतको पश्चिम बंगालको दार्जिलिङ, रायगञ्ज र बलुरघाट निर्वाचन क्षेत्रमा वैशाख १४ गते मतदान हुनेछ । सोही दिन विहार प्रान्तको किसनगञ्ज, पूर्णिया, कटिहार, भागलपुर र बांका निर्वाचन क्षेत्रमा मतदान हुनेछ ।

प्रकाशित मिति : १२ बैशाख २०८१, बुधबार  ६ : २४ बजे

राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरण नभए पनि सार्वजनिक सेवा नरोकिने

काठमाडौं । राष्ट्रिय परिचयपत्रको विवरण प्रमाणीकरणमा ढिलाइ भए पनि सार्वजनिक

कात्तिक १६ सम्म सात हजार ६८८ विपद्का घटना

काठमाडौं । चालु वर्षको वैशाख १ गतेदेखि आज कात्तिक १६

उच्च अंकले घट्यो नेप्सेमा दोहोरो अंकको गिरावट, सवा सात अर्बको कारोबार

काठमाडौं । साताको कारोबारको पहिलो दिन सोमबार सेयर बजार राताम्मे

भारतको पूर्वी तटतर्फ दोस्रो चक्रवात, भारी वर्षाको चेतावनी

नयाँ दिल्ली । एक साताभन्दा कम अवधिमा भारतको पूर्वी तटतर्फ

अध्यादेशबाट शासन चलाएको भन्दै विपक्षीको आक्रोश, तत्काल संसद् अधिवेशन बोलाउन माग

काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन