१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

प्राइम बैंक तथा सुनगाभा रिसोर्ट र लुम्बिनी आई केयरबीच छुट सम्झौता



भैरहवा । प्राइम कमर्सियल बैंक लिमिटेड र रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ भलवारीस्थित सुनगाभा रिसोर्ट एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.बीच बुधबार छुट सम्झौता भएको छ ।

कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्झौता भएको प्राइम कमर्सियल बैंक लिमिटेड बेथरी शाखा प्रमुख लोकमणि भट्टराईले बताए ।

उक्त सम्झौता अनुसार बैंकका कर्मचारी र ग्राहकहरुलाई सुनगाभामा खाना र कोठामा १० प्रतिशत छुट प्रदान गरिनेछ ।

त्यस्तै प्राइम कमर्सियल बैंक लि. र तिलोत्तमा-५ स्थित लुम्बिनी आई केयर अप्टिकल एण्ड कन्ट्याक्ट लेन्स क्लिनिकबीच सम्झौता भएको छ । सम्झौता अनुसार कर्मचारी र बैंकका ग्राहकहरुलाई विभिन्न सेवाहरुमा छुट प्रदान गरिनेछ ।

सम्झौता अनुसार मोतीयाबिन्दुको शल्यक्रिया (सर्जरी) मा १० प्रतिशत, पेट्रीजियम सर्जरीमा १० प्रतिशत, चालाजयिन सर्जरीमा १० प्रतिशत, अप्टिकल फ्रेममा १५ प्रतिशत, ब्रांकेड लेंसद्वारा जीस, होया, सिक्रोनी र एस्सिलोरमा ३ प्रतिशत, रेगुलर/लोकल लेन्समा ५ प्रतिशत र प्रिस्क्रिप्शन कन्ट्याक्ट लेन्समा ४ प्रतिशत छुट प्रदान गरिनेछ ।

हाल बैंकले आफ्ना ग्राहकहरुलाई देशभर २ सय भन्दा बढी शाखा संजालमार्फत अत्याधुनिक सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ६ : २८ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का