६ श्रावण २०८३, बुधबार | July 22, 2026

प्राइम बैंक बुटवलमा रक्तदान कार्यक्रम



बुटवल । बुटवल पाल्पा रोडमा रहेको प्राइम कमर्शियल बैंकमा रक्तदान कार्यक्रम गरिएको छ । प्राइम बैंकको १८ औं वर्ष प्रवेशको अवसरमा केन्द्रिय कार्यक्रम अन्तरगत पाल्पा रोड लुम्बिनी प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको हो ।

रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यका साथ बैंकको केन्द्रीय कार्यक्रम अनुसार बुटवलको प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको बैंकका प्रदेश प्रमुख कुशसुदन सिंहले बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको उल्लेख गर्दै यस स्थापना दिवसको अवसरमा देशै भरीका पाएक परेका शाखामा रक्तदान कार्यक्रम गरेर दिवस मनाइएको जानकारी दिए ।

कार्यक्रममा बैंकका रिजनल म्यानेजर अरुणकुमार सापकोटा, सन्तोष ज्ञवाली, बुटवल पाल्पा रोडका शाखा प्रवन्धक शिव बस्नेत, सिद्धार्थनगर भैरहवा शाखा प्रवन्धक बाबुराम अर्याल, बुटवल चौराहा शाखा प्रवन्धक सन्दिप पौडेल, होराईजन चोकका शाखा प्रवन्धक माधव पन्थ, भलवाडी शाखा प्रवन्धक धुर्व भण्डारी, मायादेवी शाखा प्रवन्धक सुमन पाण्डे, शिवपुर एक्टेशन कार्यालयका इन्चार्ज खिमानन्द पौडेल लगायतले रक्तदान महादान भएकाले रक्तदान जस्तो पवित्र कार्यमा सरिक हुनु सबैकालागि उत्तम कार्य भएको बताए । बुटवल रक्त संचार कार्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५१ पोइन्ट रगत संकलन भएको बैंकका होराईजन चोक शाखाका अपरेशन इन्चार्ज अन्जु पन्थीले जानकारी दिईन् ।

२०६४ सालमा स्थापना भएको प्राइम कमर्शियल बैंकको १९ अर्बभन्दा बढी चुक्ता पुँजी रहेको छ । ३१ अर्बभन्दा धेरै पूँजीकोष, २ खर्ब १३ अर्बभन्दा बढी निक्षेप र १ खर्ब ९५ अर्बभन्दा धेरै कर्जा तथा सापटी बैंकले परिचालन गरेको छ । विराटलक्ष्मी विकास बैंक, कन्ट्री डेभेलपमेण्ट बैंक, कनकाई विकास बैंक र कैलाश विकास बैंक गाभिएर प्राइम कमर्शियल बैंक भएको हो । प्राइमका देशभर अहिले १ सय ९४ वटा शाखा रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ५६ बजे

डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा पठाउँदा कालाखेतीले जिते बीवाईडी एट्टो १

काठमाडौं । साउदी अरबबाट डिजिटल वालेट टिग्मो मार्फत आईएमईमा पैसा

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन