१५ कार्तिक २०८३, आइतबार | November 2, 2026

प्राइम बैंक बुटवलमा रक्तदान कार्यक्रम



बुटवल । बुटवल पाल्पा रोडमा रहेको प्राइम कमर्शियल बैंकमा रक्तदान कार्यक्रम गरिएको छ । प्राइम बैंकको १८ औं वर्ष प्रवेशको अवसरमा केन्द्रिय कार्यक्रम अन्तरगत पाल्पा रोड लुम्बिनी प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको हो ।

रगतको अभावमा कसैको पनि ज्यान नजाओस् भन्ने उद्देश्यका साथ बैंकको केन्द्रीय कार्यक्रम अनुसार बुटवलको प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको बैंकका प्रदेश प्रमुख कुशसुदन सिंहले बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको उल्लेख गर्दै यस स्थापना दिवसको अवसरमा देशै भरीका पाएक परेका शाखामा रक्तदान कार्यक्रम गरेर दिवस मनाइएको जानकारी दिए ।

कार्यक्रममा बैंकका रिजनल म्यानेजर अरुणकुमार सापकोटा, सन्तोष ज्ञवाली, बुटवल पाल्पा रोडका शाखा प्रवन्धक शिव बस्नेत, सिद्धार्थनगर भैरहवा शाखा प्रवन्धक बाबुराम अर्याल, बुटवल चौराहा शाखा प्रवन्धक सन्दिप पौडेल, होराईजन चोकका शाखा प्रवन्धक माधव पन्थ, भलवाडी शाखा प्रवन्धक धुर्व भण्डारी, मायादेवी शाखा प्रवन्धक सुमन पाण्डे, शिवपुर एक्टेशन कार्यालयका इन्चार्ज खिमानन्द पौडेल लगायतले रक्तदान महादान भएकाले रक्तदान जस्तो पवित्र कार्यमा सरिक हुनु सबैकालागि उत्तम कार्य भएको बताए । बुटवल रक्त संचार कार्यालयको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ५१ पोइन्ट रगत संकलन भएको बैंकका होराईजन चोक शाखाका अपरेशन इन्चार्ज अन्जु पन्थीले जानकारी दिईन् ।

२०६४ सालमा स्थापना भएको प्राइम कमर्शियल बैंकको १९ अर्बभन्दा बढी चुक्ता पुँजी रहेको छ । ३१ अर्बभन्दा धेरै पूँजीकोष, २ खर्ब १३ अर्बभन्दा बढी निक्षेप र १ खर्ब ९५ अर्बभन्दा धेरै कर्जा तथा सापटी बैंकले परिचालन गरेको छ । विराटलक्ष्मी विकास बैंक, कन्ट्री डेभेलपमेण्ट बैंक, कनकाई विकास बैंक र कैलाश विकास बैंक गाभिएर प्राइम कमर्शियल बैंक भएको हो । प्राइमका देशभर अहिले १ सय ९४ वटा शाखा रहेका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार  ६ : ५६ बजे

दशौँ राष्ट्रिय खेलकुद : मन्त्री पोखरेल र मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत । आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तीव्रता

मोरङको केरौन १३२ केभी सबस्टेसन आइतबारबाट सञ्चालनमा

काठमाडौं । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत आपूर्तिलाई

एनपिएल : पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)

सगरमाथा क्लबलाई अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि

नेपालगन्ज । तेस्रो नेपालगञ्ज अन्तरराष्ट्रिय स्वीमिङ च्याम्पियनसीपको उपाधि ललितपुरको सगरमाथा

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का