६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन



बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा सञ्चालनमा आएको छ । लण्डनमा प्रधान कार्यलय रहेको एएचजेडले नेपालमा काठमाडौं र पोखरापछि तेस्रो शाखा बुटवलको मिलनचोकमा विस्तार गरेको हो ।

बुटवल क्षेत्रका विद्यार्थीहरुलाई यूकेको शैक्षिक अवस्था, त्यहाँको शिक्षा प्रणाली, कलेजहरुको अवस्था तथा भिसा प्रक्रियाका बारेमा सहज रुपमा आफ्नै घरदैलोमा सेवा दिने उद्देश्यले बुटवलमा नयाँ शाखा सञ्चालनमा आएको रिजनल म्यानेजर रिसब गौतमले बताए ।

‘विद्यार्थीले यूकेको शिक्षा प्रणाली, विश्वविद्यालय र कलेजहरुको जानकारीसँगै त्यहाँ जानका लागि के कस्तो तयारी गर्ने, शैक्षिक, आर्थिक अवस्था कस्तो हुनुपर्छ, भिसा प्रक्रिया कस्तो छ, छात्रवृत्ति छकि छैन, रोजगारीका अवसर कसरी पाइन्छ, त्यहाँको कानुन कस्तो छ भन्नेसमेत विज्ञ तथा मान्यताप्राप्त काउन्सलरबाट जानकारी पाउनेछन् ।’, उनले भने ।

पछिल्लो समय +2 पछि नेपालबाट उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको पहिलो रोजाई बेलायत भइरहेको अबस्थामा विद्यार्थीहरुलाई यूकेका विश्विद्यालय र कलेजबाटै प्रतिनिधि आएर काउन्सेलिङ गर्ने रिजनल म्यानेजर गौतमले बताए । बेलायतमा गुणस्तरीय शिक्षासँगै रोजगारीको अवसर पनि भएकाले विद्यार्थीको आकर्षण यसतर्फ बढ्दै गएको उनको भनाइ छ । एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभका १६ वढी देशमा ५० बढी शाखा सञ्चालनमा रहेको उनले बताए । नेपालबाट छोटो समयमै १५० बढी विद्यार्थी यूके पुगीसकेको जानकारी दिँदै उनले बिद्यार्थीबाट सर्भिस चार्ज नलिने र तत्काल रेस्पोन्स गर्ने बताए ।

पछिल्लो समय एएचजेड भनेकै यूकेकै लागि भन्ने विद्यार्थी अभिभावकमा परेको एएचजेड बुटवल शाखाका म्यानेजर तुलसीराम पाण्डेले बताए । ‘हामी यूकेका लागि ब्राण्ड बनेका छौं, त्यो ब्राण्डलाई जोगाउन पनि विद्यार्थीलाई जेन्युन काउन्सेलिङ गर्दै उनीहरुको अर्बोड स्टडीको सपना साकार पार्न लागिरहेका छौं ।’ उनले भने ।
विद्यार्थीले आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट अफर लेटर पाएसँगै नेपालबाट बेलायत जानका लागि अध्ययन अनुमति पत्र (नोअव्जेक्सन लेटर) लिन सक्ने र विश्वविद्यालयले लिने अन्तरवार्तामा उत्तिण भएका विद्यार्थीले युकेमा पढ्न जान ‘स्टुडेन्ट भिसा’ पाउने उनले बताए । आईएलसका लागि पनि छिट्टै कक्षा सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए ।

 

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ६ : २४ बजे

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको

हुरीका कारण केरामा क्षति

चितवन । हुरीका कारण केराखेतीमा क्षति पुगेको छ । यही

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

यातायात व्यवस्था कार्यालयद्वारा ४८ करोड राजस्व सङ्कलन

कैलाली । यातायात व्यवस्था कार्यालय, धनगढीले चालु आर्थिक वर्ष २०८२÷८३