२३ भदौ २०८३, मंगलबार | September 9, 2026

युट्युव हेरेर आफैले बनाएको घरेलु हतियार पड्केर बाँकेमा एकजना घाइते



नेपालगन्ज । बाँकेमा आफैले बनाएको घरेलु हतियार पड्केर एक जना घाइते भएका छन् । गयराती बाँके राप्तिसोनारी -५ चाचरफर्काका १६ बर्षिय सचिन थारु आफैले बनाएको हतियार पड्केर घाइते भएका हुन् ।

उनले युट्युव हरेर काठ र फलामको घरेलु कटुवा पेस्तोल बनाई आफ्नै पाईन्ट पछाडिको गोजीमा राखेको र गोजीबाट निकाल्ने क्रममा पड्केर घाइते भएको प्रहरीले जनाएको छ । थारुको दाहिने खुट्टाको पछाडीको हिपमा छर्रा लागेर घाईते भएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए ।

मध्यराती घाइते भएका थारुलाई इलाका प्रहरी कार्यालय बैजापुरले उपचारको लागि मेडिकल कलेज नेपालगन्ज पठाएको र हाल प्रहरीको निगरानीमा उपचार भइरहेको डाँगीले बताए । थारुले बनाएको हतियार प्रहरीले नियनत्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ०१ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी