७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’



काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको र लगानीको प्रचुर सम्भावना रहेकामा जोड दिएका छन् । आजदेखि काठमाडौँमा सुरुभएको तेस्रो लगानी सम्मेलनको उदघाटन पछि सञ्चालन भएको ‘सक्सेस स्टोरिज अफ इन्भेस्टमेन्ट इन नेपाल’ विषयक सत्रमा उनीहरुले नेपालमा आफूहरुले गरेका सफल व्यवसायका बारेमा जानकारी गराउँदै प्रचुर लगानीको सम्भावित बारेमा पनि धारणा व्याक्त गरेका हुन् ।

दोस्रो मुख्य सत्रमा अध्यक्षता सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्यालले गरेका थिए भने लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा लगानी बोर्डका सदस्य तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले नेपालको लगानीमैत्री वातावरणबारे जानकारी गराउँदै उपलब्ध श्रमिकको अवस्थाबारे प्रस्तुती दिइन् । साथै उनले नेपाल विश्वकै लागि पर्यटकको उत्कृष्ट गन्तव्य र नेपालको उदाउँदो डिजिटल अर्थतन्त्रमा लगानीका सम्भावनाबारे आफ्नो अनुभव सुनाएकी थिइन् ।

त्यस्तै, कोकाकोलाको भारत तथा दक्षिण पश्चिम एसियाको सार्वजनिक मामिला तथा सञ्चार क्षेत्र हेर्ने उपाध्यक्ष देवयानी राज्यलक्ष्मी राणाले नेपालमा आफूहरुले गर्दै आएको व्यवसाय र सफलताका बारेमा अवगत गराइन् । एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आफूहरुले नेपालको जलविद्युत्को क्षेत्रमा ठूला–ठूला लगानी गरेको बताउँदै अगामी दिनमा थप लगानी ल्याउनका लागि तयार रहेको प्रतिबद्धता जनाए ।

यसैगरी, सिनोहाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक होउ जोङले आफूहरुले नेपालका जलविद्युत्लगायत ठूला पूर्वाधारमा काम गरेर चिनियाँ लगानी र प्रविधि तथा सीप नेपालमा भित्र्याएको उल्लेख गरे ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लन मुखर्जीले आफ्नो कम्पनीले नेपालमा उत्पादनहरु बढाउँदै गरेको बताउँदै थप लगानीमैत्री वातावरण तयका लागि आग्रह पनि गरे ।

मोघा इनर्जी इन्ड सब्सिडरिज, युएसएका उपाध्यक्ष सम्राट मोघाले लगानीका लागि नेपालले सहज वातावरण तय गरेको सकारात्मक अनुभव सुनाए । साथै उनले नेपाल सरकारले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यातको लक्ष्य राखेको सन्दर्भमा जलविद्युत् क्षेत्रमा थप पूर्वाधार लगानी गर्नुपर्ने चुनौती रहेको उल्लेख गरे ।

नेपाल उद्योग वाणिज्य महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले नेपालको दुई ठूला छिमेकी मुलुक भारत र चीनमा अपार बजारको सम्भावना रहेको उल्लेख गर्दै स्वदेशी बस्तु उत्पादनमा लगानीको सम्भावना रहेको उल्लेख गरे ।

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन भोलिसम्म चल्नेछ ।

सम्मेलन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए । सम्मेलनमा लगानीका निम्ति एक सय ५३ परियोजना सोकेसमा रहेको नेपाल लगानी बोर्डको भनाइ छ । बोर्डका अनुसार सम्मेलनमा ५५ भन्दा बढी देशका एक हजार छ सय लगानीकर्ताले भाग लिएका छन् । लगानीका निम्ति सोकेसमा राखिएको परियोजनासम्बन्धी विस्तृत विवरणसहितका २३ वटा प्रदर्शनी कक्ष सम्मेलनस्थलमा राखिएको छ भने १९ वटा परियोजनाका लागि आशयपत्र आह्वान गरिएको बोर्डले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ६ : ५० बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क