१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक



काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ । मंगलबार  युट्युबमा सार्वजनिक गीतमा निर्देशक दिनेश राउतको शब्द रचना, सुवास भुसालको संगीत तथा देवेन्द्र बराल र मुना ठटालको युगल स्वर रहेको छ ।

गीतमा फिल्मका मुख्य कलाकारहरु आर्यन सिग्देल र अञ्जना बराइली तथा प्रदीप खड्का र परीक्षा लिम्बू प्रमुख तथा पल शाह रुपमा फिचर्ड छन् ।

विकास सुवेदीको लेखन रहेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।

जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् । किङ्गडम नेटवर्कको प्रस्तुति रहेको फिल्ममा राजेश श्रेष्ठको डिओपी, भरत रेग्मीको सम्पादन, सुप्रिम पराजुलीको कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन छ ।

आगामी जेठ १० गतेबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्मलाई आरआर फिल्मसले वितरण गर्दैछ । अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण अधिकार लिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ६ : ०९ बजे

देशभर ४३ विपद्का घटना, १३ जना घाइते

काठमाडौं । देशभर पछिल्लो केही दिनमा भएका ४३ वटा विपद्का

भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै प्रदर्शन

नयाँ दिल्ली । भारतका विपक्षी दलहरूले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ । गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ

नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक

लोकतान्त्रिक मूल्य र मान्यताविपरीत हुने कुनै पनि गतिविधि स्वीकार्य हुँदैन : गगन थापा

ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लोकतान्त्रिक मूल्य र