११ जेष्ठ २०८३, सोमबार | May 26, 2026

‘पुजार सार्की’को ‘दर्शन गरेँ’ सार्वजनिक



काठमाडौं । जेठ १० गते रिलिज हुने चलचित्र ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक भएको छ । शुक्रबार युट्युबमार्फत् सार्वजनिक गरिएको यो गीत मगर समुदायमा लोकप्रिय रहेको ‘कौडा नृत्य’मा आधारित छ ।

हर्क साउदकाे शब्द र सुवास भुसालको संगीत रहेको गीतमा प्रकाश सपूत र शान्तिश्री परियारको स्वर छ । गीतमा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहसहित दुई अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूले मगर पहिरनमा सजिएर सामुहिक कौडा नृत्य गरेका छन् ।

चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन् । प्रदीप खड्का दमाहा बजाउँदै गरेको देखाइएको छ । तर, उनको पूर्ण परिचय भने गराइएको छैन । पल शाहको भूमिका क्रान्तिकारी रहेको आंकलन गरिएको छ ।

अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बूलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ । चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शंकर आचार्य, प्रेम सुब्बालगायतको चलचित्रमा अभिनय छ ।

 

प्रकाशित मिति : ८ बैशाख २०८१, शनिबार  ७ : २७ बजे

यार्चागुम्बा सङ्कलन गर्न १३८ जनाले लिए अनुमतिपत्र

दार्चुला । दार्चुलाको हिमाली क्षेत्रमा पाइने बहुमूल्य जुडिबुटी यार्चागुम्बा सङ्कलनका

मणिमुकुन्द सेन पार्कमा ठडियो बिसे नगर्चीको सालिक

बुटवल । बुटवल – २ फुलबारीस्थित मणिमुकुन्द सेन पार्कमा बडामहाराज

सर्वोच्चको आदेश : ‘देउवा दम्पत्तिलाई पक्राउ नगर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर

शिक्षामन्त्री पोखरेलसँग राजदूतहरुको शिष्टाचार भेट

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग युरोपेली सङ्घ (इयू)

क्यानद्वारा खेलाडी वर्गीकरण सार्वजनिक – रोहित, दीपेन्द्र, सन्दीप ‘ए प्लस’मा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सन् २०२६ का लागि