८ जेष्ठ २०८१, मंगलबार | May 22, 2024

श्रम र श्रमिकको सम्मान गर्ने प्रण गरौँ : उपराष्ट्रपति यादव



काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले श्रम र श्रमिकको सम्मान र अधिकारको रक्षा तथा समतामूलक एवं समावेशी समाजको निर्माण गर्न आह्वान गरेका छन ।

विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिदैं उनले श्रमिकका लागि सुरक्षित, निष्पक्ष र वृत्ति-विकासका लागि अनुकूल कार्यस्थलसहितको वातावरण निर्माणमा सबैले सहयोग गर्नुपर्ने बताए ।

“हामीले यस्तो विश्वको परिकल्पना गरौँ, जहाँ प्रत्येक श्रमिकलाई सम्मानपूर्वक व्यवहार गरियोस्, उचित पारिश्रमिक, सभ्य कामको अवस्था र सामाजिक सुरक्षाको अधिकार प्रदान गर्ने वातावरण होस्”, उपराष्ट्रपति यादवले भने । उनले कार्यस्थलमा हुने शोषण, भेदभाव र असमानता उन्मूलनका लागि सबैले प्रयास गर्नुपर्ने बताए ।

श्रमिक दिवस श्रमिकको त्याग र समर्पणलाई सम्झिने र उनीहरुलाई सम्मान गर्ने महत्वपूर्ण अवसरका रुपमा रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले यादवले भने, “श्रमिकहरु समाजका आधार स्तम्भ हुन्, जसले हाम्रा आवश्यकतालाई पूरा गर्न अथक परिश्रम गर्दछन् । उनीहरुको योगदान हाम्रो अर्थव्यवस्थामा अमूल्य छ ।”

उनले विश्वभरका मजदुरले सामना गरेका सङ्घर्ष र चुनौतीलाई स्वीकार गर्ने र उनीहरुको हित, अधिकारप्रति हाम्रो प्रतिबद्धतालाई पुनः दोहो(याउने अवसरका रुपमा विश्व श्रमिक दिवस रहेको स्मरण गरे । श्रमिकको अधिकारको रक्षा र उनीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको औँल्याउँदै उहाँले श्रमिकका लागि सुरक्षित र स्वस्थ कार्यस्थल उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

“श्रमिक दिवसलाई एकता, करुणा र दृढ सङ्कल्पको नवीकरण गर्ने अवसरका रुपमा लिन सक्नुपर्छ, श्रमिकको विगतका सङ्घर्ष र बलिदानको सम्मान गर्दै सामाजिक-आर्थिक न्यायका लागि आफूलाई समर्पित गर्नसके मात्र श्रमिक दिवसको सार्थकता र महत्वको पुष्टि हुन्छ”, उनले शुभकामना सन्देशमा भनेका छन ।

उनले समाज, देश र अर्थतन्त्रमा अतुलनीय योगदान पु-याउने सबै परिश्रमी श्रमिकको योगदानको सम्मान गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ७ : ३५ बजे

नन्दिनी गौशालालाई बुटवल १० का वडाबासीको तर्फबाट अहार बिहार प्रदान

बुटवल । छाडा चौपाया नियन्त्रण र गौशालाको व्यवस्थापन एकैपटक गरिएपछि

नेपाल र बेलायतबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको सय वर्ष पूरा : बेलायती प्रधानमन्त्रीद्वारा स्वागत समारोह आयोजना

काठमाडौं । नेपाल र संयुक्त अधिराज्यबीच मैत्रीसन्धिमा हस्ताक्षर भएको एकसय

प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेट

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बहुपक्षीय प्राविधिक एवं आर्थिक

समानीकरण अनुदान कटौती हुँदैन- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र स्थानीय सरकारलाई

बस्ती पसेको बाघ नियन्त्रणमा

चितवन । चितवनमा बस्तीमा पसेको बाघलाई नियन्त्रणमा लिइएको छ ।