१४ बैशाख २०८३, सोमबार | April 27, 2026

अबको राजनीतिको दिशा केहो भन्ने उपनिर्वाचनले देखाएको छ : महासचिव पोखरेल



बर्दिया । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले अबको राजनीतिको दिशा के हो भन्ने कुरा उपनिर्वाचनले देखाएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बर्दियाको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्दै महासचिव पोखरेलले उपनिर्वाचनको परिणामले जनताले रोजेको पार्टी एमाले हो भन्ने कुरा पुष्टी भएको बताए ।

२०७९ सालको चुनावमा पनि जनताले रोजेको पहिलो पार्टी एमाले थियो, उनले भने, ‘संसदमा नेपाली काँग्र्रेस पहिलो भयो, जनताले एमाले रोज्ने चुनावको परिणाम काँग्रेसको पक्षमा देखिने यो कस्तो लोकतन्त्र हो ?’ आफुले रोजेको पार्टीले सरकार चलाउन नपाएपछि जनता निराश भएको बताउँदै अब एमालेले सरकारमा कुर्सीको भागबण्डामा भन्दा पनि २०८४को चुनाव कसरी जनताको पक्षमा ल्याउन सकिन्छ भन्ने तर्फ ध्यान दिने बताए । आउने चुनाव पछि नेकपा एमाले आफ्नै एकल बहुमतको सरकार बनाउने सामाथ्र्यमा पुग्ने उनको दाबी छ ।

उनले नेकपा एमाले जनताको आशा र भरोसको केन्द्रविन्दु भएको गर्दै पछिल्लो समयमा जातिय राजनीति र नयाँ दलको नाममा एमालेलाई थोरै समस्या भएको बताए । उनले नयाँ दलको राजनीति सकिएको जिकिर गरे । । ‘जातिय नाममा रेशमचौधरीले गरेको राजनीतिको अब सकियो । त्यसको उदाहरण पछिल्लो उपनिर्वाचन हो, जनताले पहिचानवादी र जातिय राजनीति रुचाउन छोडे ।’ उनले भने ।

लुम्बीनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका महासचिव पोखरेलले अधिवेशनमा शुभकामना दिँदै १० औ अधिवेशनले बर्दियामा एमालेको पुरानो विरासत फर्काउने गरी सबै पार्टी सदस्यलाई लाग्न निर्देशन दिए ।

नेकपा एमाले बर्दियाको १० औँ जिल्ला अधिवेशन उद्घाटनमा लुम्बीनी प्रदेशका पूर्व मुख्यमन्त्री, नेकपा एमालेका केन्द्रिय सदस्य एवं बर्दिया इन्चार्ज लिला गिरी,केन्द्रिय सदस्यहरु, प्रदेश सदस्यहरु लगायत विभिन्नतहको नेताहरुको उपस्थीती रहेको थियो ।

 

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ९ : १२ बजे

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११

सरकारको श्वेतपत्रले देखायो अर्थतन्त्रको वास्तविक चित्र (पूर्णपाठसहित)

काठमाडौं । सरकारले आर्थिक श्वेतपत्रले जारी गरेको छ । स्वेतपत्रले

‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक

काठमाडौँ । मुलुकको वर्तमान समग्र आर्थिक, सामाजिक र शासकीय अवस्थाको