७ चैत्र २०८२, शनिबार | March 21, 2026

जमिनमा पानी सुकेपछि जङ्गली जनावर जोखिममा



गौर । रौतहट जिल्ला स्थित लाल वकैया नदि लगायत स-साना खोला नाला  शुक्न थालेपछि चौपाया र चारा चुरुङ्गी मर्न थालेका छन ।

करिब दुई महिना आगाडी  देखि लाल बकैया नदि सुकेका छन । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेका थिए । त्यस पछि लागातार तापक्रम दैनिक वढोतरी हुँदै आएका छन । हिजो (मंगलबार) रौतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।

तापक्रम बढे संगै पश्चिमी वायुको तेज गतिले समान्य मानिसको जनजिवन लगायत सवै  सजिव प्राणी-वोट विरुवाको साथै वाली नालीमा समेत असर परेको छ । यसै बीच पानी खान नपाएर जिल्लाका देवाही गोनाही नगरपालिका वडा नम्बर २  स्थित एउटा जंगली चौपाया घोड गदहा मृत अवस्था फेला परेको बताइएको छ ।

प्रकृतिक खोला नदि सुकि सकेका कारण जंगली जनावर छाडा पशु पंक्षि पानी खान नपाएर जोखिममा परेको स्थानीयले बताएका छन् । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरि पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउन स्थानीयको माग छ । लाल बकैया नदिको दायाँ बायाँ करिब ५ र५ किलो मिटर दुबै तर्फ दुरीमा निजी तथा  सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए ।

पानीको समस्या मधेशमै बढदै गएको बताउदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसो हैण्डपम्प सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए । चौपाया तथा  जंगली जनाबर चराचुरुङ्गीलाई आफुले स्थानिय स्तरबाट जन श्रमदान गरि सुकि सकेको  लाल वकैया नदिमा पोखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पुर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  १० : ०५ बजे

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा

सिद्धबाबा क्षेत्रमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको सिद्धबाबा क्षेत्रमा लेदोसहित ढुङ्गा