१० बैशाख २०८३, बिहिबार | April 23, 2026

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल



काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज चौथो खेलमा पनि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ । मध्याह्न सवा १२ देखि सुरु हुने खेलमा पनि वेस्ट इन्डिजले टस जित्दै नेपाललाई फिल्डिङको निम्तो दिएको हो ।

पाँच खेलको सिरिजमा वेस्टइन्डिज ‘ए’ले अघिल्ला ३ खेलमा दुई वटामा जितेको छ भने एउटामा हार व्यहोरेको छ ।

सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नैपर्ने हुन्छ । पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।

नेपालले अर्को महिना वेस्ट इन्डिज र अमेरिकामा हुने आईसीसी टी(२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेकाले यो खेल नेपाली टोलीका लागि परीक्षा हुनेछ ।

कप्तान रोहितले सुरुआती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए । तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए ।

प्रकाशित मिति : २० बैशाख २०८१, बिहिबार  १२ : ०१ बजे

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समावेशी राज्य प्रणाली : श्रम संस्कृतिको संविधान संशोधनमा सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीले बालेन्द्र सरकारले प्रस्ताव गरेको संविधान

चैतमा नौ सय विपद्का घटना, तीस जनाको मृत्यु

काठमाडौँ । गत चैतमा विपद्का घटनामा परी देशका विभिन्न भागमा

काठमाडौँमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ श्रेणीमा, अत्यावश्यकबाहेक बाहिर ननिस्कन आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ ।

सुनचाँदीको मूल्य आज पनि घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ-मुना-ढोरपाटन निर्माणमा

म्याग्दी । म्याग्दीको रणनीतिक महत्त्वको दरवाङ-मुना-ढोरपाटन सडक योजना निर्माण सुस्ताएको