३ बैशाख २०८३, बिहिबार | April 16, 2026

आज विश्व प्रेस स्वतन्त्रता दिवस



काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइँदै छ ।

‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।

जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ८ : ०६ बजे

स्याउका बोट सेताम्मे

मुस्ताङ । मुस्ताङको स्याउ बगैँचा सेताम्मे भएका छन् । बगैँचाभित्रको

बाँकेमा व्यावसायिक बसन्ते मकैखेती

नेपालगन्ज । नगदे बालीको रुपमा बिक्री हुन थालेपछि बाँकेका किसान

कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

काठमाडौं । बैङ्ककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

कालीगण्डकीमा डुबेर बेपत्ता २ जना मृत फेला

पाल्पा । गत बैशाख १ गते कालिगण्डकी नदीमा पौडी खेल्ने

सुन प्रतितोला ३ लाख २ हजार ८ सय पुग्यो, चाँदीको कति ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पनि उकालो लागेको