१६ भदौ २०८३, मंगलबार | September 1, 2026

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु



नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा मात्र १२ जना सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु भएको छ । मृत्यु भएका १२ जनामा ६ जना त अस्पतालको शहरकारुपमा रहेको नेपालगन्ज उपमहानगरपालिकाका रहेका छन् ।

स्वास्थ्य कार्यालय, बाँकेले दिएको जानकारी अनुसार खजुरा र डुडुवा गाउँपालिकाका २÷२ जना र राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका १÷१ जना सुत्केरीको यसै आवमा मृत्यु भएको छ ।

सुबिधा सम्पन्न अस्पताल र स्वास्थ्य संस्था भएपनि अन्तिम अवस्थामा स्वास्थ्य संस्थामा ल्याउने र सुत्केरी भइसकेपछि हुनुपर्ने स्याहार नभएर सुत्केरीको मृत्यु भइरहेको स्वास्थ्य कार्यालयको दाबी छ ।

नेपालगन्जमा आयोजित एक अन्तरक्रियामा स्वास्थ्य कार्यालय, बाँकेकी फोकलपर्सन विष्णु श्रेष्ठले पहिला सुत्केरी हुनुअघि मृत्यु हुने गरेको थियो भने अहिले सुत्केरी भइसकेपछि मृत्यु भइरहेको जानकारी दिइन् । बच्चा पाएको ४२ दिनसम्म सुत्केरी अवस्था मान्ने गरिन्छ । यो बीचमा चार पटक स्वास्थ्य संस्थामा जाँच गराउनु पर्छ । बच्चा पाएपछि जाँच नगर्ने प्रवृत्तिले आमाको मृत्यु भइरहेको श्रेष्ठको भनाई छ ।

जिल्लामा आठ पटक गर्भ जाँच पनि हुन सकेको छैन । पहिलो पटक ७० प्रतिशत गर्भवतीले जाँच गर्दा आठौंमा आइपुग्दा २१ प्रतिशतमा झर्ने गरेको उनले बताइन् ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  २ : ५० बजे

भोटेकोशी बाढी अपडेट : मृत्यु हुनेको संख्या १ हजार ५६ जना पुग्यो, ३ हजार ९ सय १६ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण मंगलबार दिउँसो

राष्ट्रिय एकताका साथ खोज तथा उद्धारमा जुट्न राष्ट्रिय सभाध्यक्षको अपिल

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विपद् व्यवस्थापन सङ्घ, प्रदेश

सर्वदलीय बैठकमा भोटेकोशी विपदबारे छलफल

काठमाडौं । भोटेकोशी बाढीबाट भएको क्षति, बेपत्ताको खोजी तथा उद्धार,

भोटेकोशी विपत्ति सम्बन्धमा राष्ट्रियसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाले भोटेकोशीको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त