४ पुस २०८२, शुक्रबार | December 20, 2025

दोस्रो रुपन्देही पालिका स्तरीय पुरुष भलिबलको उपाधी शुद्धोधन गाँउपालिकालाई



बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको रुपन्देही पालिका स्तरीय दोस्रो पुरुष भलिबल प्रतियोगिताको उपाधी शुद्धोधन गाँउपालिकाले हात पारेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित मणिमुकुन्द भलिबल क्लबको मैदानमा भएको भलिबल प्रतियोगितामा देवदह नगरपालिकालाई पराजित गर्दै शुद्धोधन गाँउपालिकाले उपाधी हात पारेको हो ।

प्रतियोगितामा देवदहलाई २ सेटमा रोक्दै ३ सेट हात पार्दै शुद्धोधन गाउपालिका प्रथम हुन सफल भएको हो । जीतसँगै नगद ५५ हजार सहित कप मेडल प्रमाण पत्र हात पारेको छ । देवदह नगरपालिका उपविजेतामा बनेको छ । देवदह नगरपालिकाले नगद ३५ हजार कप मेडल प्रमाणपत्र हात पारेको छ ।

तेस्रो स्थान ओगटन सफल तिलोत्तमा नगरपालिकाले नगद २५ हजार कप मेडल प्रमाणपत्र हात पारेको छ भने कन्चन गाउपालिका १५ हजार कप मेडल प्रमाणपत्र हात पारेको खेल संयोजक लोकेन्द्र भन्डारीले बताए ।

समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले समाजमा भलिबल खेलको माग बढदै गएको भन्दै भलिबल वा अन्य खेलकुदमा लागेका युवाहरुको सामाजिक क्षेत्रमा समेत महत्वपुर्ण भुमिका रहेको बताए । खेलाडीहरुले आफनो खेल विकाससँगै देशको समेत पहिचान बनाउने हुदा खेलकुद क्षेत्रको विकास पुर्वाधार निमार्णमा सबै पक्ष लाग्नुपर्ने बताए ।

खेलले मानिसलाई अनुशासित र लगनशिल बनाउने नगर प्रमुख खाणको भनाई छ । कार्यक्रममा जिल्ला भलिबल संघ रुपन्देहीका अध्यक्ष सुरेन्द्र शाक्यले भलिबल खेल सबैको रुचिको विषय भएपनि यसको विकास र पुवाधार निमार्णमा कसैको ध्यान नपुगेको गुनासो गरे । जिल्ला भित्र रहेका भलिबलका खेलाडीको खोजी र खेलको विकास गर्न आयोजित प्रतियोगितामा सम्पन गर्ने विभिन्न संघ सस्थाहरुसँग चन्दा मागेर कार्यक्रम गर्नुपरेको भन्दै राज्यले खेलकुदका प्रतियोगिताहरुलाई विशेष सहयोग हुनुपर्ने बताए । भलिबल खेल राष्टिय खेल भएपनी यसको विकास खेलाडी उत्पादनमा राज्यले खासै चासो नदिएको गुनासो गरे ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  ९ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको