१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

ग्लोबल आईएमई बैंकले दियो बागमती प्रदेश स्तरीय साक्षरता तथा डिजिटल तालिम



काठमाडौं । ग्लोबल आईएमई बैंकले बागमती प्रदेश स्तरीय वित्तिय साक्षरता तथा डिजिटल बैंकिङ सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । ग्लोबल आईएमई बैंकको काठमाडौस्थित कन्तिपथ शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको हो ।

वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी आयोजना गरिएको कार्यक्रममा तीन सय भन्दा बढिको सहभागिता रहेको बैंकले जनाएको छ । बैंकले आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रममा लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा युवा–युवतीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी, डेविट कार्ड, क्रेडिट कार्ड, इ–कमर्स, र वित्तीय अनुशासनसम्बन्धी जानकारी गराइएको थियो ।

कार्यक्रममा बैंकको मार्केटिङ विभाग प्रमुख दिलिप पोखरेल, वाग्मती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र ट्रान्जेक्शन बैंकिङ विभाग प्रमुख प्रकाश पौडेलले बैंकले प्रदान गर्ने आधुनिक बैंकिङ सेवा तथा विभिन्न प्रोडक्टहरूको बारेमा जानकारी गराएका थिए । यस्तै शाखाका शाखा प्रबन्धक यादव शर्माका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आफ्ना ग्राहकहरुमा डिजिटल प्रविधिको पहुँच विस्तार तथा वित्तीय साक्षरता रहेको बताए ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजीक्षेत्रको पहिलो वाणिज्य बैंक पनि हो । ४६ लाख भन्दा बढि ग्राहकको खाता भएको बैंकको देशभर ३ सय २२ स्थानमा शाखा रहित बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १० : १४ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम