४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपाललाई पहिलो झड्का, १३ रन बनाएर आउट भए भुर्तेल



काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी-२० खेलमा नेपाललाई पहिलो झड्का लागेको छ । पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो ।

उनले १३ रन बनाए । भर्तेलको दोहोरो अंकमा यो रन धेरै समयपछि आएको हो । लगातार खराब फर्ममा रहेका भुर्तेलले आज दोहोरो अंकमा रन बनाएका हुन् ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको थियो ।

वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे। रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३-३ विकेट लिए । सोमपालले एकैओभरमा दुई विकेट लिएको थियो ।

अभिनाश बोहोराले एक विकेट लिए। वेष्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  २ : २८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको