२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो



काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।

भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ ।

यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारी अनुमान अनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको बताइएको छ ।

सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण नेपालमा प्याजको मूल्य आकाशिएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ७ : ५२ बजे

लुम्बिनी सरकारका सचिवहरुको जिम्मेवारी तोकियो

दाङ । लुम्बिनी प्रदेश सरकारले विभिन्न मन्त्रालयका सचिवहरुको जिम्मेवारी तोकेको

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको

महासङ्घ अध्यक्ष श्रेष्ठले सम्हाले कार्यभार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१

३४ वर्षपछि स्वास्थ्य मन्त्रालयको प्रस्तावमा अर्थमन्त्रालयबाट ९७७ स्थायी दरबन्दी स्वीकृत

नेपालगन्ज । ३४ वर्षपछि पहिलोपटक स्वास्थ्य क्षेत्रले ठुलो संख्यामा स्थायी