२ चैत्र २०८२, सोमबार | March 16, 2026

कांग्रेसको नारावाजीका बीच गण्डकीका मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत



गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि गरेको प्रस्ताव बहुमतले पारित भएको गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे।

आजको बैठकमा मुख्यमन्त्री अधिकारीले गरेको विश्वासको मतको प्रस्तावमा ३० मत परेको छ भने विपक्षमा २७ र तटस्थ दुई मत रहेको छ । विश्वासको पक्षमा नेकपा एमालेका २२, नेकपा माओवादीका सात र स्वतन्त्र प्रदेशसभा सदस्य एक जनाले मत दिनुभएको छ । विपक्षमा नेपाली कांग्रेसका २७ जना प्रदेशसभा सदस्यले मत दिएका छन् ।

मत विभाजनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दुईजना सदस्य तटस्थ बस्नुभएको छ । सर्वोच्च अदालतको आदेशलाई आधार मान्दै ३० मतलाई बहुमत घोषणा गरेपछि नेपाली कांग्रेसका सदस्यले बैठकस्थलमा नै नाराबाजी गरेका थिए । यसअघि बैठकमा मुख्यमन्त्री अधिकारीले राखेको विश्वासको प्रस्तावमा दलका नेताहरूले आ–आफ्ना धारणा राखेका थिए ।

त्यसअघि बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखलाई कुनै दल विशेषको पक्षधरता नलिन आग्रह गरे। सभामुखले आफ्नो निर्णय गर्दा संविधानमा लेखिएको कुरा ख्याल गर्न उनको आग्रह थियो ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता हरिबहादुर चुमानले प्रदेशसभा विघटनबाट जोगाउने जिम्मा सभामुखको हुने बताउनुहुँदै रेफ्रीको भूमिका निर्वाह गर्न आग्रह गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता पञ्चराम गुरुङले नागरिकको चाहाना विपरीत केन्द्रदेखि प्रदेशसम्म बनेको यो गठबन्धन पवित्र नभएको र मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिन नसकिने धारणा राखे । उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री अधिकारीले दलहरू एक आपसमा आरोप प्रत्यारोपमा लाग्नुभन्दा मिलेर अघि बढ्न उपयुक्त हुने धारणा राखे ।

प्रकाशित मिति : २३ बैशाख २०८१, आइतबार  ८ : २० बजे

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

‘एनआरएनए एकता महाधिवेशनले गैरआवसीय नेपालीलाई एक सूत्रमा बाँधेको छ’

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष डा बद्री

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि

निर्वाचन आयोगद्वारा समानुपातिकतर्फ निर्वाचित ११० सांसदको सूची सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम

युद्धको फोटो/भिडियो सामाजिक सञ्जालमा हाल्ने ६ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एसियामा जारी तनाव र युद्धसँग सम्बन्धित संवेदनशील