३० बैशाख २०८३, बुधबार | May 13, 2026

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए



तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका छन् । आज गुल्मी जिल्ला अदालतमा छत्रकोट गाउँपालिका-३ का हर्दिनेटाका दीपक श्रेष्ठले श्रीमती मनसुवालाई अदालत परिषर भित्रै कुटपिट गरेका हुन् ।

उनीहरु सम्बन्धविच्छेदको मुद्दाको पेसीका लागि जिल्ला अदालत पुगेका थिए । न्यायाधीशले आज आदेश वा फैसला गर्ने कार्यतालिका रहेको थियो तर न्यायाधीश कहाँ जान नपाउँदै सिँढीमा श्रीमतीलाई निर्घात कुटपिट गरेको अदालतका सूचना अधिकारी कमल पन्थीले जानकारी दिए ।

कुटपिटबाट घाइते मनसुवालाई थप उपचारका लागि प्रवास ‘रिफर’ गरिएको छ भने दीपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अब उनलाई कुन मुद्दा चलाउने भन्ने छलफलपछि मात्रै निचोड निकालिने सूचना अधिकारी पन्थीले बताए ।

हर्दिनेटाका दीपक र अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(२ चुत्राबेँसीकी मनसुवाबीच छ वर्षपहिले विवाह भएको थियो । श्रीमान(श्रीमतीबीच सम्बन्ध बिग्रिएपछि मनसुवा विगत एक वर्षदेखि माइतीमै बस्दै आएकी थिइन् । उनीहरुको ०८० फागुन १३ गते गुल्मी जिल्ला अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता भएको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ९ : ५७ बजे

१० दिनदेखि अवरुद्ध राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आजबाट सुचारु

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

लुकाइछिपाई नेपालगन्ज लैजाँदैगरेको शंकास्पद मासु सहित एकजना पक्राउ

खजुरा । बाँकेको खजुराबाट ठुलो परिमाणमा शंकास्पद मासु सहित १

सङ्घीय मन्त्रालयको सङ्ख्या घटाएर १८ कायम

काठमाडौं । प्रशासनिक सुधार र मितव्ययिता कायम गर्ने, अनावश्यक चालु

लुम्बिनी प्रदेश सरकार मन्त्रालय सङ्ख्या घटाउने तयारीमा

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी साउन १

बुटवलमा सुकुम्बासी आन्दोलन झन चर्किँदै : जेठ ३ गते राष्ट्रिय सम्मेलनको तयारी

बुटवल । सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउन डोजर