२० माघ २०८२, मंगलबार | February 3, 2026

नव आगन्तुक बिद्यार्थीलाई सिसाकलम र कलम उपहार दिएर सिद्धेश्वर माबिको स्वागत



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ को पुरानो विद्यालय सिद्धेश्वर लालकुमारी माबिले नव आगन्तुक विद्यार्थीको स्वागत सहित अभिभावकहरुसँग परिचयात्मक अन्तरक्रिया गरेको छ ।

नव आगन्तुक विद्यार्थीको स्वागत एवं अन्तरक्रिया कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य दीनानाथ गिरीले आफ्ना बालबालिकालाई बिद्यालय पठाएरमात्र नहुने बताए । उनले आफ्नो बालबालिकाले बिद्यालयमा ले के कति पढे, के गरिरहेका छन् र कति बुझेका छन् भनेर बिद्यालयसँग सोधपुछ गर्न अभिभावकहरुलाई आग्रह गरे । सिद्धेश्वर लालकुमारी माबि नगरको चौथो स्थानमा रहेको बिद्यालय भएको दाबी गर्दै उनले बेलाबेलामा बिद्यालय आएर आफ्ना बालबालिकाका विषयमा जानकारी लिइ राख्नुपर्ने बताए ।

बिद्यालयमा यस शैक्षिक सत्रका लागि २०० जना नयाँ बिद्यार्थीहरु भर्ना भएको बताउँदै प्राचार्य गिरीले ९०० बिद्यार्थीलाई अध्यापन गराइरहेको आफ्नो बिद्यालय नगरका अरु बिद्यालय भन्दा कम नभएको बताए ।

बुटवल उपमहानगरपालिका वडा नं ७ का वडा सदस्य राधा पौड्याले बिद्यालयले गरेको भौतिक र शैक्षिक प्रगति देखेर खुसी लागेको बताइन् । पहिला जताकतै झार दुबो उम्रेको देखिन्थ्यो, आजकल कति सफा सुन्दर भएको छ, हेर्दै आनन्छ, उनले भनिन्, विद्यालयको प्रगतिबाट आफुलाई गर्भ महसुस हुन्छ ।

उनले बिद्यालयमा आउदा हरेक आमाहरुले बालबालिकाबारे चासो दिन आग्रह गरिन् । आफुले मोबाइल चलाउने तर बच्चालाइ मोबाइल नखेलाउ भनेर नहुने बताउँदै उनले बालबालिकालाई अनुशासनमा राख्न आफुपनि अनुशासनमा बस्नु पर्ने बताईन् ।

बिद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ पौड्यालले पूर्ब मेची देखी पश्चिम महाकाली सम्मका विद्यार्थी बिद्यालयमा भर्ना हुन आएको जानकारी दिँदै भर्ना हुन आएका बिद्यार्थीलाई बिद्यालयले निरास बनाएर फर्काउने नगरेको बताए ।

कार्यक्रममा सिसुदेखि ३ कक्षा सम्मका बिद्यार्थीलाई सिसा कलम, ४ देखी ९ सम्मका बिद्यार्थीलाई कलम र अभिभावकलाई खादा ओढाएर स्वागत गरिएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ११ : २७ बजे

विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्त्वपूर्ण छ : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत

ललितपुरबाट पेस्तोलसहित तीन जना नियन्त्रणमा

काठमाडौँ । सशस्त्र प्रहरी बलले ललितपुरबाट आज पेस्तोलसहित तीन जनालाई

निर्वाचन सुरक्षाका लागि भोलि बुधबारदेखि सेना परिचालन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र

समानुपातिकतर्फको अन्तिम बन्दसूची सार्वजनिक, ३१३५ उम्मेदवार कायम

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा

पोखरामा थुप्रियो फोहर, व्यवस्थापनमा चुनौती

गण्डकी । पर्यटकीय राजधानी पोखरामा केही दिनयता फोहर उठ्न सकेको