२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु



बुटवल । बुटवलमा आजदेखि अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको बिहीबार एक कार्यक्रमकाबिच बुटवल उपमहानगरपालिकाकि उपप्रमुख साबित्रादेवि अर्यालले उद्घाटन गरेकि हुन् ।

सो अवसरमा नगर उपप्रमुख अर्यालले खेलकुदको क्षेत्रबाट पनि बुटवललाई चिनाउन उपमहानगरपालिकाले विभिन्न खाले प्रतियोगितामा सञ्चालन गर्दै आएको भन्दै महिला भलिबल प्रतियोगिताले बुटवलसहित रूपन्देही जिल्लामा महिला खेलाडी उत्पादनमा सहयोग पुग्ने विस्वास व्यक्त गरिन् ।

बुटवल नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा बुटवलसहित रूपन्देहीका ६ पालिकाको सहभागीता रहेको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाको सभापतित्व र नगर उपप्रमख अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रवक्ता शिव रानालगायतले प्रतियोगिताको महत्त्व र उदेश्य माथि प्रकास पारेका थिए ।

यसैबीच आज भएको बुटवल उपमहानगरपालिका र गैडहवा गाउपालिकाबिचको प्रतियोगितामा बुटवल विजयी भएको छ भने तिलोत्तमा नगरपालिका र सुद्वोदन गाउपालिकाबिचको प्रतियोगितामा तिलोत्तमा नगरपालिका विजयी भएको छ ।

त्यस्तै आजै भएको सिद्वार्थनगर नगरपालिका र सुद्वोदन गाउपालिकाबिचको अर्को खेलमा सुद्वोदन विजयी भएको छ ।

तीन दिनसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्ने कार्यक्रम संयोजक शेरजंग गुरुङ्गले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ६ : ५२ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य