१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पतिको हत्या अभियोगमा पत्नी पक्राउ



दाङ । उपमहानगरपालिका–१८ बस्ने ५५ वर्षीय ओबिराम वलीको हत्या गरेको अभियोगमा उनकै श्रीमती ४२ वर्षीया होटी वलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

घर नजिकै घाइते अवस्थामा बुधबार राति फेला परेका ओबिरामलाई उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले सोधपुछपछि होटीलाई पक्राउ गरेको हो। साथै सोधपुछको क्रममा उनीहरूबीच झै झगडा हुँदा होटीले कुटपिट गरेको खुल्न आएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ८ : ३१ बजे

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू

‘पुँजीगत खर्च बढाउँदा अर्थतन्त्र चलायमान हुन्छ’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले पुँजीगत

निर्वाचन परिणाम ‘सुनामी’ मात्रै थियो, कार्यकर्ता रक्षात्मक नबन्नु : माधव नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार