१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

रवि लामिछानेलाई बोल्न नदिने कांग्रेसको अडान, संसद बैठक शुरु हुन सकेन



काठमाडौं । प्रतिनिधिसभाको बैठक समयमा शुरु हुन ढिलाई भएको छ । आज दिउँसो दुई बजे बस्ने तालिका रहेकोमा दलहरुबीच सहमति नभएपछि बैठक अझै सुरु हुन सकेको छैन ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न नसक्दा बैठक बस्न ढिला भएको बताइएको छ ।

सभामुखको सचिवालयका अनुसार नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई आजको बैठकमा बोल्न नदिने अडान राखेपछि बैठक समयमा शुरु हुन सकेको छैन । अहिलेसम्म कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बस्न सकेको छैन ।

अहिले दलहरुले आफ्नो दलमा छलफल गरिरहेको र त्यसपछि कार्यव्यवस्था समितिको बैठक बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

यस अघि सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकहरुसँग दुई पटक छलफल गरेपनि सहमति जुट्न सकेको छैन ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ३ : ५० बजे

लुम्बिनीको मुख्यमन्त्रीमा चेतनारायण आचार्यलाई नै निरन्तरता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पदमै निरन्तरता पाउने

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

जनकपुरधाम । सिरहा जिल्लाको गोलबजार नगरपालिकाका केही क्षेत्रमा सुरक्षा अवस्था

सुनसरी जस्ता घटना हुन नदिन प्रभावकारी कार्य गर्ने राष्ट्रिय सुरक्षा परिषद्को निर्णय

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा

नेपालगन्ज क्षेत्रमा रगतको अभाव, रक्तदान गर्न आग्रह

नेपालगन्ज । नेपालगन्ज आसपासका क्षेत्रका बिरामीका लागि चाहिने आवश्यक मात्रमा